अमेरिकाले सिरियाकाे राजधानी दमास्कसमा १२० मिसाइल खसालेपछि पनि दमास्कसका जनता भने कत्तिपनि नअात्तिकन अमेरिका र पश्चिमा शक्तिकाे विराेधमा उत्रिएका छन्।

सिरियाली टेलिभिजन भवन रहेको दमास्कसको मुख्य चोकमा दर्जनौँ मानिसहरू भेला भएर सिरिया, सिरियाली सेना र राष्ट्रपति बशर अल असदको पक्षमा नाराबाजी गरिरहेका छन्।

सयाैं प्रदर्शनकारीले राष्ट्रपति असदको तस्वीर बोकेर अमेरिकी अाक्रमणकाे विराेधमा उत्रिएका छन् ।

उनीहरू भन्छन्, “आफूहरू नतर्सिएको भनेर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई भन्न चाहन्छौँ र सिरियाली सेना तथा राष्ट्रपतिप्रतिको हाम्रो समर्थनमा कुनै कुराले परिवर्तन ल्याउन सक्दैन।”

उनीहरूमध्ये धेरैले हमलाको अपेक्षा आफूहरूले पहिल्यै गरेको र अर्को हमला होला भन्ने नलागेको बताएका छन्।

अमेरिकी मिसाइल अाक्रमणपछि दमास्कसका सडकहरू अरू दिनजस्तै सामान्य देखिन थालेक छन्। जाँचस्थलमा सुरक्षाकर्मीहरू सामान्य अवस्थामा देखिन्छन् र अरू दिनहरूको भन्दा सुरक्षा जाँचमा कडाइ गरिएको छैन।

अन्तराष्ट्रिय समाचार एजेन्सीहरूकाअनुसार पसलहरू खुल्न थालेका छन् र मानिसहरू काममा गइरहेका देखिन्छन्।

सिरियाको सरकारी समाचार संस्था सानाका अनुसार क्षेप्यास्त्र हमलामा तीनजना घाइते भएका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार