नयाँ नयाँ युद्ध प्रविधिमा छलाङ हानेकाे चीनले हालै एउटा उच्च प्रविधिमा अाधारित अावाजविहीन लडाकु जेट निर्माण गरेकाे छ ।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार याे पछिल्लाे जेट गुप्त फाइटर विमान जे ट्वान्टीकाे नाम दिइएकाे छ । यसलाई हवाई सेनामा प्रयोग गर्न थालिएको छ।

‘यसले महत्वपूर्ण चरण पार गरेको छ। जे ट्वन्टीसँग पूर्ण क्षमताको छ,’ चिनियाँ जनमुक्ति सेनाका प्रवक्ता सेन जिनकेले भने।

सबै परीक्षणमा अब्बल ठहरिएपछि यो फाइटर विमानलाई प्रयोगमा ल्याइएको हो। प्रवक्ता जिनकेका अनुसार यसका लागि पाइलट ट्रेनिङ जारी छ। चिनियाँ युद्ध क्षमता प्रदर्शनीका क्रममा ‘रेड स्वार्ड २०१७’ मा यसलाई उडाइएको थियो।

‘आवाजविहीन यो जेटले सेनाको युद्धक्षमतालाई थप बलियो बनाएको छ जसले चीनको सम्प्रभुता, सुरक्षा र भूगोलमाथि रक्षा गर्न सहज पारेको छ,’ जिनकेले भने।

जे ट्वान्टी चीनको चौथो पुस्ताको मध्यम र लामो दुरी तय गर्न सक्ने फाइटर जेट हो। यसले सन् २०११ मा मध्यम गतिको फ्लाइट गरेको थियो भने २०१६ मा गोङ्जाओ प्रान्तको जुहाईमा भएको एयर सोमा पनि प्रदर्शन गरिएको थियो।

चीनले गरेकाे अत्याधुनिक युद्ध क्षमता ।

चीनले गरेकाे अत्याधुनिक युद्ध क्षमता ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार