मालदिभ्समा जारी राजनीतिक संकट चुलिएपछि चीन र भारत याे संकटमा अामने सामने भएका छन् ।

मालदिभ्सकाे संकटमा भारतले हस्तक्षेप गरेकाे भन्दै चीनले अाफुहरू पनि चुप नलागेर बस्ने घाेषणा गरिसकेकाे छ । यता भारतले मालदिभ्सकाे संकट समाधानकाे बाटाे अाफुहरू मात्र भएकाे दाबी गर्दै अाएकाे छ ।

यही क्रममा मालदिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नसिदले मादिभ्समा चीनले कब्जा गर्न खोजेको आरोप लगाएका छन्। निर्वासनमा रहेका नसिदले वर्तमान राष्ट्रपति अब्दुल्ला यामिनमाथि भारतले कारबाही गर्नुपर्ने माग समेत गरेका छन्।

कतिसम्म भने नसिदले मालदिभ्सको संकट उसकाे मात्र नभएर भारतको पनि भएको खुलेअाम अभिव्यक्ति दिएका छन्।

हाल मादिभ्समा चिनियाँ हस्तक्षेप बढेको र यसबाट इस्लामिक कट्टरपन्थीले संगठन गर्न थालेको उनको भनाइ छ। उनका अनुसार चीनले मालदिभ्सका करिब १७ वटा टापु कब्जामा लिएको जानकारी दिएका छन्। त्यहाँ चीनले करिब ४० करोड अमेरिकी डलर लगानी गरिरहेको उनले खुलासा गरेका छन्। यसबाट चिनियाँ स्वार्थको बारेमा अनुमान गर्न सकिने उनले बताए।

 

यसैबीच भारतका लागि मालदिभ्सका राजदूत अहमद मोहम्मदले आफ्नो देशमा चिनियाँ हस्तक्षेप बढेकाले भारतीय भूमिका कमजोर हुन नहुने बताएका छन्। अपेक्षित रूपमा हाल भारत भारत सक्रिय नभएको भन्दै उनले गुनासो गरे। छिमेकमा चिनियाँ दबाव बढ्दा भारतको भूमिका महत्वपूर्ण हुनुपर्ने उनको भनाइ छ।

मालदिभ्समा जारी राजनीतिक संकटमा चीन र भारतले अब कस्ताे कदम लिन्छन् भन्ने कुराले उसकाे संकट निवारण हुने विश्लेषण गरिएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार