लामाे समय दुश्मनीका रूपमा रहेका उत्तर र दक्षिण काेरिया अब नजिक हुन पुगेका छन् ।

यसै क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरियाली समकक्षी मुन जे इनलाई आफ्नो देशको भ्रमणका लागि निमन्त्रणा दिएका छन्।

किमले आफ्नी बहिनीमार्फत् मुनलाई उत्तर कोरियामा निम्त्याएका हुन्। किमले मुनलाई ‘सकेसम्म चाँडै’ प्योङयोङ भ्रमणको निम्ता दिएका हुन्।

राष्ट्रपति मुनले सो निमन्त्रणापछि ‘भविष्यमा आवश्यक तयारी गरेर यसलाई सफल पारौँ,’ भन्दै निमन्त्रणा स्वीकार गरेको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लु हाउसका प्रवक्ताले जनाएका छन्।

यदि दुई नेताबीच भेट भए यो दुई कोरियाबीचको तेस्रो शिखर सम्मेलन हुनेछ।

शुक्रबार प्योङचाङ ओलम्पिकका लागि दक्षिण कोरिया पुगेकी किमकी बहिनी किम यो जोङले शनिबारको दिवाभोजसहितको वार्तामा मौखिक रुपमा आफ्नो दाजुको निमन्त्रणा मुनलाई दिएकी हुन्। सो अवसरमा उनले किमको पत्र पनि मुनलाई थमाएकी थिइन्।

सो भेटवार्तामा उत्तर कोरियाली प्रतिनिधिमण्डलका चार सदस्य सामेल थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार