उत्तर कोरियाले विशाल सैन्य परेडमा नयाँ ह्ासाेङ्ग -१५ इन्टरकन्टिनेन्टल ब्ल्यास्टिक मिसाइल प्रदर्शन गरेको छ ।

पिपुल्स आर्मी निर्माणको ७० औं स्थापना दिवसको अवसरमा उत्तर कोरियाले शक्तिशाली इन्टरनेशनल ब्लास्टिक मिसाइल ह्ासाेङ्ग -१५ का साथै अरु कयौं महत्वपूर्ण मिसाइल प्रदर्शन गरेको छ ।

हसोनग १५ मिसाइलको उडान लगभग १३ हजार किलोमिटर हो । यसले अमेरिकाको पूरै क्षेत्रमा पुग्न सक्छ । ह्ासाेङ्ग -१४ को उडान सीमा जम्मा १० हजार किलोमिटर मात्र हो ।

आजको उत्तर कोरियाली सैन्य परेडमा सर्वोच्च नेता किम जोन उनले पिपुल्स आर्मीको वार्षिक समीक्षा रिपोट लिए ।

आजको सैन्य परेडमा दशौं हजार उत्तर कोरियाली सेनाको उपस्थिति रहेको थियो ।

सैन्य परेडकाे भिडियाे फुटेज –

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार