अमेरिकाले उत्तर कोरियालाई ‘आतंकवादको प्रायोजक’को सूचीमा राखेर ठूलाे मूर्खतापूर्ण कार्य गरेको भन्दै चीनले कडा रुपमा प्रतिक्रिया दिएको छ ।

चिनियाँ सरकार र कम्युनिस्ट पार्टीको आधिकारिक भनाई राख्ने चिनियाँ मिडियाँ ग्लोबल टाइम्सले लामो सम्पादकीय लेखेर हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बोलेको अभिव्यक्तिले विश्व शान्तिलाई खलबलाउने भन्दै चिन्ता व्यक्त गरेको छ ।

सन् २००८ मा पनि अमेरिकी पूर्व राष्ट्रपति जर्ज बुशले पनि उत्तर कोरियालाई आतंकवादको सूचीमा राखेको स्मरण गर्दै ग्लोबल टाइम्सले भनेको छ कि अहिले फेरि ट्रम्प त्यही कुरा दोह्रयाएर गंभीर गल्ती गर्दैछन् ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियाले आणविक परीक्षण गरेकोमा नाकाबन्दी गरेको कुरा त्यो उत्तरका लागि एकप्रकारको सजाय छदैथियो, अहिले फेरि ट्रम्पले हठातमा कोरियालाई आतंकवाद प्रायोजक भनेकोमा चीनले गंभीर असहमति व्यक्त गरेको हाे ।

कोरियाली प्रायद्धीपमा अमेरिकाले आफ्नो सेनाहरु परिचालन गरेर गंभीर अवस्था निम्ताएको भन्दै चीनले यस्तो हर्कत रोक्नैपर्ने बताएको छ ।

 

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार