भारतको आन्ध्र प्रदेशमा बस्ने ६० प्रतिशत नागरिकले भारतीय माआोवादी (नक्सलवादी) सही भएको बताएका छन् ।

टाइम्स अफ इन्डिया नामक भारतको चर्चित स्वतन्त्र पत्रिकाले गरेको एक सर्वेक्षणमार्फत भारतको आन्ध्र प्रदेशमा बस्ने नागरिकहरुले माओवादीहरुले संचालन गरेको जनयुद्ध सही भएको निश्कर्ष निकालेका हुन् ।

सो सर्भेक्षणमा लगभग ६० प्रतिशत आन्ध्रप्रदेशका जनताले नक्सलवाद राम्रो भनेका छन् । अनि त्यसमा ३८ प्रतिशत नागरिकले आफ्नो धारणा राखेका छैनन् । र, ४८ प्रतिशत विरुद्धमा उभिएको देखाइएको छ ।

यसैगरी जनवरी ९ मा टाइम्स अफ इन्डियाले लेखेको समाचारमा भारतका प्रधानमन्त्रीले देशको सबैभन्दा ठूलो सुरक्षा चुनौती भारतीय माओवादी भएको उल्लेख गरेको छ ।

सो समाचारपत्रका अनुसार आन्ध्र प्रदेशमा माओवादीहरु स्पष्ट रुपले जितको स्थितिमा छन् र राज्यपक्ष हारको अवस्थामा । यस क्षेत्रका प्रत्येक जनताको मानसपटल र मुटुबाट राज्य हारको स्थितिमा रहेको पनि सोही टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

त्यसैगरी अर्को ताजा सर्भेले देखाएअनुसार तेलङगना क्षेत्र पनि माओवादीहरुको नियन्त्रणा रहेको पनि देखाएको छ । ‘इन्डेन मार्केट रिसर्च व्युरो (आईएमआरबि)’ ले यस्तो अध्ययन गरेको हो ।

भारतको आन्ध्र प्रदेशमा करिब ५ करोड नागरिक बसोबास गर्दछन् ।

Save

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार