संसदीय व्यवस्थाले देशमा व्यथिति र उत्पीडन मात्र लिएकाे भन्दै राजनीतिककर्मी विश्वास चन्द ठकुरीले क्रान्तिकारी गीतमार्फत संसदवादलार्इ फाल्नैपर्ने उदघाेष गरेका छन् ।

अहिले संसदीय राजनीतिक दलहरुको नेतृत्वमा स्थानीय तहहुँदै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गरेर पुरानो ब्यवस्थालाई सुदृढ़ गरेर दिशातिर अगाडि बढिरहेका बेला ठकुरीले साे व्यवस्थालार्इ फाल्न विप्लवको खाँचो भएको बताएका छन् ।

साे गीतलार्इ जनयुद्धले जन्माएका गायक सर्बिन बोगटी र गायिका पार्वती न्यौपानेले स्वर दिएका छन् ।

पुरानो व्यवस्थाले जनतामा नाम मात्रको गणतन्त्र लाद्न खोजेको र र चरम शोषण दमन थोपरी रहेको भाव ब्यक्त गरिएको छ । त्यसैले उक्त व्यवस्थाको अन्त्य गरी  वैज्ञानिक समाजवाद स्थापना गर्नको लागी सबै नेपालीलाई एक जुट हुन् आव्हान गीत मार्फत गरिएको छ ।

भिडियाे –

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार