आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले कप्तान पारस खड्काको अर्धशतकसँगै यूएईमाथि ४ विकेटको जित हात पारेको छ । यो जितसँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना कायमै रहेको छ ।

११५ रनको लक्ष्य पछ्याएको नेपालले निकै खराब सुरुवात गर्‍यो । १० रन जोड्दा दुबै ओपनरलाई गुमाएको नेपालको पारी कप्तान पारस एक्लैले सम्हालेका थिए ।

दिपेन्द्र सिंह ऐरी र शरद भेषावकरले पनि उनलाई साथ दिन सकेनन् र ४६ रन जोड्दा ४ विकेट गुमाइसकेका थियो । दिपेन्द्र ४ र शरद ५ रनमा आउट भएका थिए ।

तर, आरिफ शेखले पाँचौं विकेटका लागि पारससँग ३० रनको साझेदारी गरे । ४२ बलमा दुई चौका र पाँच छक्का मदतमा अर्धशतक पुरा गरेका पारस ५१ रनमा आउट भए ।

आरिफले छैटौं विकेटका लागि रोहितकुमार पौडेलसँग ३० रनको साझेदारी गर्दै जितको आधार तयार गरे । आरिफ छैटौं विकेटका रुपमा १६ रनमा आउट भएका थिए । रोहित १२ र सोमपाल १० रनमा अविजिवत रहे ।

ओसिलो मौदानका कारण झण्डै तीन घन्टा ढिला सुरु भएको खेल ३४ ओभरमा छोट्याइएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार