मेसीको उत्कृष्ट प्रदर्शनसँगै अर्जेन्टिनाले इक्वेडरलाई ३–१ ले हरायो र विश्वकपको अन्तिम चरणका लागि स्वत: प्रवेश पाएको छ ।

इक्वेडरविरुद्धको खेल जित्नैपर्ने दबाबमा रहेको अर्जेन्टिना पहिलो मिनेटमा नै रोमारियो इबाराले गोल गरेपछि १–० ले पछि परेको थियो । तर, अर्जेन्टिनाले उत्कृष्ठ कमब्याक गर्यो । त्यसमा मेसीले ह्याट्रिक गरे ।

खेलको ११ औं मिनेटमा एन्जेल डि मारियाको पासमा मेस्सीले अर्जेन्टिनाका लागि बराबरी गोल फर्काए । त्यसको सात मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए ।

पहिलो हाफमा दुई गोल गरेका मेस्सीले ६२ औं मिनेटमा अर्को गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

दक्षिण अमेरिकी विश्वकप छनोटको शीर्ष चार थानमा रहने टिमले अन्तिम चरणमा प्रवेश पाउनेमा अर्जेन्टिना तेस्रो स्थानमा रह्यो । अर्जेन्टिनासँगै छनोटको अन्तिम दिनको खेलपछि उरुग्वे र कोलम्बिया पनि विश्वकपमा छनोट हुन सफल रह्यो । अंक तालिकामा उरुग्वे दोस्रो तथा कोलम्बिया चौथो स्थानमा रह्यो ।

उरुग्वेले बोलिभियालाई ४–२ ले हरायो भने कोलम्बियाले पेरुसँग १–१ को बराबरी खेल्यो । पेरु भने पाँचौं स्थानमा रह्यो र प्ले अफका लागि छनोट भयो । दुई पल्टको कोपा अमेरिका विजेता चिली भने विश्वकप छनोटबाट बाहिरिएको छ ।

ब्राजिलले चिलीलाई ३–० ले हरायो । ब्राजिल यसअघि नै शीर्ष स्थानमा रहेर विश्वकपका लागि छनोट भइसकेको छ ।

 

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार