एसिसी यु–१९ पूर्वी क्षेत्र छनोट अन्तर्गत हङकङलाई ५ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको छ।

हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले १४.४ ओभरमा ५ विकेट गुमाएर भेटायो। तेस्रो ओभरको पहिलो बलमै आसिफ सेखलाई करनदीप सिंहले शेरयर सिदको हातबाट १ रनमै क्याचआउट गराए।

त्यसपछि दोस्रो विकेटका लागि सन्दीप सुनारले अनिलकुमार साहसँग २८ रनको साझेदारी गरे। दुबैलाई तिनै करनदीपले सातौ ओभरमा पवेलियन फर्काउदा नेपाली पारी धरमराएको थियो।

सातौं ओभरको पहिलो बलमा सन्दीपलाई (१९) बोल्ड गरेका करनदीपले ओभरको अन्तिम बलमा अनिलकुमार साहलाई सिकन्दर जफरको हातबाट क्याच गराएका थिए।

१४ औ ओभरमा जटादेबले फेरी उस्तै तरिकाले विकेट लिए। पहिलो बलमा कप्तान दीपेन्द्रसिंह ऐरी २४ रनमा पवेलियन फर्काएका उनले अन्तिम बलमा भर्खरै क्रिजमा आएका सुमित महर्जन (०) लाई एलबिडब्लुको सिकार बनाए।

प्रनित थापामगर १९ र रोहितकुमार पौडेल (०) मा क्रिजमा नटआउट रहँदा नेपाल च्याम्पियन बन्यो। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ३२.१ ओभरमा सबै विकेट गुमार ७६ रन मात्रै बनाउन सक्यो।

नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन जारी राखेपछि हङकङ सो स्कोरमा रोकिएको हो।

 

 

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार