नेपाल (एसीसी) यू-१९ एसिया कपको पूर्वीय क्षेत्रको छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मलेसियामा जारी प्रतियोगितामा नेपालले आयोजक मलेसियालाई ((विकेटले पराजित गरी फाइनलमा पुगेको हो । टस जितेर पहिले मलेसियालाई व्याटिङको निम्तो दिएको नेपालले मलेसियालाई ४२ ओभरमा १२१ रनमै अलआउट गर्न सफल भयो ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका तर्फबाट कप्तान दिपेन्द्र सिंह ऐरी एक्लैले ५ विकेट लिए । त्यसैगरी पवन सराफले २ र सन्दीप लामिछाने, साहब आलम र रोहित पौडेलले एक–एक विकेट लिए । १२२ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २३.१ ओभरमा विना विकेटको क्षति १२५ रन बनाइ सहजै लक्ष्य पार ग¥यो । नेपालका लागि ओपनिङ जोडी आसिफ शेख र सन्दीप सुनारले सान्दार व्याटिङ गर्दै नेपाललाई फराकिलो अन्तरको जित दिलाए । सन्दीप सुनारले ५१ र आसिफ शेखले ५० रन बनाए ।

नेपालले अब फाइनलमा सिंगापुर र हङकङ बीचको सेमिफाइनल विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । नेपालका लागि (एसीसी) यू–१९ एसिया कपमा छनौट हुनका लागि भने यस प्रतियोगिताको उपाधि नै जित्नु पर्ने हुन्छ ।

यसअघि समूह चरणका खेलमा नेपालले थाइल्याण्डमाथि २५५ रनको जित हात पारेको थियो भने भुटानलाई ९ विकेट र सिंगायुरलाई ७ विकेटले पराजित गरेको थियो ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार