नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादीले आइतबार राजधानीमा गरेको शक्ति प्रदर्शनले यो पार्टी देशको वैकल्पिक शक्ति भएको देखाएको छ ।

देशका मूलधार भनिने कुनै पनि दलले राजधानीमा शक्ति प्रदर्शन गर्न नसकिरहेको बेला विप्लव माओवादीले आठौं महाधिवेशन र २२ औं जनयुद्ध दिवसको अवसरमा ठूलो शक्ति प्रदर्शन गरेको हो ।

यो शक्ति प्रदर्शनपछि विप्लव माओवादी देशको सबैभन्दा ठूलो र देश चलाउने शक्तिको रुपमा स्थापित हुन पुगेको छ ।

संसदीय दलहरु पूर्णत फेल भइरहेको बेला विप्लव माओवादीले आफुहरुले भन्दै आइरहेको नयाँ क्रान्तिकारी निकासले मात्र देश चल्ने बताएको छ ।

दशौं हजार जनताको उपस्थितिमा भएको यो शक्ति प्रदर्शनबाट विप्लव माओवादीले सबै शक्तिमाथि आफ्नो शक्ति हेर्न चुनौती समेत दिएको छ ।

बाँकी आफै फोटो बोल्छ ।

राजधानीको र्यालीमा विशाल शक्ति प्रदर्शन

राजधानीको विशाल र्यालीमा महासचिव विप्लवलगायत नेताहरु

 

राजधानीको विशाल सभामा उपस्थित सर्वसाधारणहरु