यसको उत्तर सामान्य छ । भौतिक बिज्ञानलाई आधार मान्दा चलायमान हुँदा ताप उत्पन्न हुन्छ । हाम्रो स्मार्टफोनले पनि भौतिक रुपमा काम गरिरहेको हुन्छ र यसले निश्चय नै ताप उत्पन्न गर्छ ।

तपाईंको स्मार्टफोनले उत्पन्न गर्ने तापको मात्रा त्यसले खर्च गर्ने बिजुलीको मात्रासँग अनुपातिक हुन्छ । यदि तपाईंले स्मार्टफोनमा गेम खेलिरहनु भएको छ भने यसका लागि सेन्ट्रल र ग्राफिक्स प्रोसेसिङ युनिटको सक्रियता आवश्यक हुन्छ । दुवै केन्द्रीय चिप्समा (एसओसी) सम्बन्धित हुन्छन् । त्यसले ताप पैदा गर्छ । स्वभाविक रुपमा कार्यसञ्चालन गर्न यसलाई धेरै शक्तिको आवश्यक पर्छ ।

तपाईंको फोन हल्का तातो हुँदा आत्तिनुपर्ने केहि छैन, तिनीहरुको कार्यसञ्चालन नै त्यसैगरी डिनाइन् गरिएको हुन्छ । तर, अस्वाभाविक रुपमा बढी तातो भएभने चाहीँ त्यो चिन्ताको कारण बन्नसक्छ ।

सामान्यतः स्मार्टफोनको केन्द्रीय कार्यप्रणाली (एसओसी) अनुकुलित ढंगबाट तयार गरिएको हुन्छ र बढी तात्ने समस्या यसमा निक्कै कम हुन्छ । यो प्रणालीको निर्माण उच्च तापक्रमलाई सम्हाल्नसक्ने बनाइएको हुन्छ ।

जव तपाईंको डिभाइसले सम्भावित हानिकारक तापक्रम पैदा गर्छ तव प्रोसेशरको गति कम हुन्छ । तपाईंको डिभाइस ढिलो चल्यो वा हृयाङ हुन थाल्यो भने सम्झनुस् उच्च तापक्रमको समस्या फोनमा देखियो । निक्कै तातेको अवस्थामा डिभाइसमा यस्तो सन्देश देखिन्छ, ‘जवसम्म डिभाइस चिसो हुँदैन तवसम्म फोन नचलाउनुुुस् ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार