गुगलले दुई स्मार्टफोन सार्वजनिक गरेको छ। उसले अन्य स्मार्टफोन कम्पनीहरुसँग प्रतिस्पर्धा गर्नका लागि पिक्सेल र पिक्सेल एक्सएल नामक दुई स्मार्टफोन सार्वजनिक गरेको हो।

अक्टोबर २० देखि बजारमा आउने यी फोनले एन्ड्रोइन फोनहरुभन्दा विपरीत आफैँ अपरेटिङ सिस्टम र सेक्युरिटी अपडेट इन्स्टल गर्ने जनाइएको छ। पिक्सेलको मूल्य करिब ६ सय डलर र पिक्सेल एक्सएलको मूल्य ७१९ डलर तोकिएको छ।

यससँगै गुगलले ३डी हेडसेट अर्थात् भर्चुअल रियालिटी किट पनि सार्वजनिक गरेको छ। एजेन्सी

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार