२०५२ साल फागुन १ गते तत्कालीन नेकपा माअाेवादीकाे नेतृत्वमा जनयुद्ध शुरू भएपछि याे अान्दाेलन अन्तराष्ट्रिय कम्युनिस्ट अान्दाेलनकाे एक अग्रदस्ताकाे रूपमा खडा भयाे । नेपाली जनयुद्धबाट विश्वभरिका क्रान्तिकारी जनताले नेपालकाे क्रान्तिकारी अान्दाेलनलार्इ अाशाकाे नजरले हेर्न थाले । त्यही बेला क्रान्तिकारी अन्तर्राष्ट्रियवादी आन्दोलन कमिटी (रिम)ले तत्कालीन नेकपा माअाेवादीलार्इ लेखेकाे अान्तरिक पत्र पाठकलार्इ जानकारी हाेस् भन्ने हेतुका साथ प्रकाशित गरेका छाैं ।(सम्पादक) । 

रिमकाे सन्देश

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) लाई क्रान्तिकारी अन्तर्राष्ट्रियवादी आन्दोलन कमिटी (रिम)को आन्तरिक सन्देश

कमरेड महामन्त्री

नेकपा (माओवादी) का केन्द्रिय समितिका कमरेडहरु,

नेपाली क्रान्तिकारी आन्दोलनको इतिहासमा एउटा गौरवपूर्ण अध्यायको थालनी गर्नु भएको अवसरमा रिमसित सम्बद्ध पार्टी र सङ्गठनका तर्फबाट कृपया हाम्रो गहिरो हार्दिक लाल अभिवादन स्विकार्नोस् । क्रान्तिको यस नवशुरवातप्रति हामी उच्च सम्मान व्यक्त गछौं र त्यसप्रति महान् गर्व गछौं । हामी यसलाई जीवित राख्न, हुर्काउन जस्तोसुकै सहयोग गर्न पनि सदा तत्पर रहने छौ ।

अहिले हाम्रो अग्रदस्ता नेकपा (माओवादी)को नेतृत्वअन्तर्गत नेपालमा श्रमनीवि किसानहरुले नेपालको इतिहासलाई मात्रै अगाडि बढाइरहेका छैनन्, विश्वको इतिहासलाई अगाडि बढाइरहेका छन् । यो उनीहरु आफ्नो काँधमा बोकिरहेको र पुरा गर्न बाँकी रहेको महान् उत्तरदायित्व हो । उनीहरु आफ्नो मुक्तिका लागि मात्र लडेका छैनन्, बरु संसारभरिकै सर्वहारावर्ग र जनताको मुक्तिका लागि लडेका छन् । उनीहरुले विश्वसर्वहारा अग्रपङ्तिmमा साहसका साथ अघि बढ्ने र संसारका सम्पूर्ण उत्पीडित जनतालाई माक्र्सवाद–लेनिनवाद–माओवादको मुक्तिकामी रक्तिम बाटो देखाउन पथप्रदर्शक प्रकाश बन्ने निर्णय गरेका छन् । शत्रुहरुका हिंस्रक आक्रमण र दक्षिणपन्थी–अवसरवादी लाइनको कुरुप प्रहारका विरुद्ध पेरुमा फहराइरहेको हाम्रो रातो झण्डालाई माथि उठाइराख्न एउटा घनीभूत र विजयोन्मुख लडाइँमा संलग्न पेरु र कम्युनिस्ट पार्टीका लागि हाम्रो तर्फबाट महान् सहयोग हो ।

नेपालमा सशस्त्र मजदुर–किसानहरु, जसले आफ्ना लाल सेनाहरु अगाडि बढाइरहेको छन् (जस्तो हामीलाई थाहा छ, लाल सेना नभएको जनतासँग केही पनि हुँदैन), लाई देखेर नेपालका रक्तपिपासु प्रतिक्रियावादी शासकहरु, उनीहरुका भरौटेहरु र तिनीहरुका साम्राज्यवादी मालिकहरु थर्थर काँपून् र कोलाहल मच्चाऊन् । अहिलेसम्म शस्त्र वलको प्रयोगमा प्रतिक्रियावादी वर्गको एकाधिकार थियो तर अब नेपालका जनताले माक्र्सवाद –लेनिनवाद –माओवादको पथप्रदर्शन र उनीहरुको आफ्नो पार्टी नेतृत्वमा प्रस्ट ढङ्गले यो अधिकार तोड्ने र इतिहासलाई आफ्नो हातमा लिने निणर्य गरेका छन् ।

कमरेडहरु ! कृपया पार्टीका लाल योद्धाहरुलाई हाम्रो गहिरो आत्मीयता पु¥याइ दिनोस्, त्यसका साथै यस गौरवपूर्ण सुरुवाती लडाँइमा वीरगति प्राप्त गर्ने हाम्रा वर्गीय वीर योद्धाहरुको सम्झनामा हाम्रो आन्दोलन, पार्टी सङ्गठन र हामीहरुका तर्फबाट हामी श्रद्धाञ्जली व्यक्त गर्दछौं । यस जनयुद्धले नेपालमा हाम्रा वर्गबन्धु र दिदी बहिनीहरुबाट अग्रगति र विस्तार पाउने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार