सं.रा. अमेरिकाको पतनलाई सन् १९४९ तिरबाट पहिल्याउन सकिन्छ । जतिबेला विश्वकै प्रभुत्वशाली शक्तिले अकस्मात चीन ‘गुमायो’ । यो घटना विश्वभर एकछत्र प्रभुत्व कायम गर्ने सपना साकार पार्न होसियारीपूर्वक लागिपरेका अमेरिकी रणनीतिकारहरूको लागि बिर्सिनसक्नु प्रारम्भिक धक्का थियो ।

वरिष्ठ बेलायती इतिहासकार ज्योफ्री वार्नरले उल्लेख गरेका छन्, राष्ट्रपति फ्रेङ्कलिन डि. रुजवेल्ट “युद्धपछिको विश्वमा अमेरिकी प्रभुत्व कायम गर्ने दाउमा अग्रसर थिए ।” १९४५ अप्रिलमा एडोल्फ हिटलरले आत्महत्या गर्नुभन्दा ठीक तीन हप्ताअघि रुजवेल्ट मरे । यद्यपि उक्त विचारलाई उत्साहपूर्वक अघि बढाइयो ।

१९४८ मा बहुचर्चित अमेरिकी कूटनीतिज्ञ जर्ज केन्नानले भने, “हामीसँग विश्वको ५०% सम्पत्ति छ तर विश्वको ६.३% जनसंख्या छ । यस्तो अवस्थामा हाम्रो खास काम भविष्यमा पनि…. यो अन्तरलाई कायम राख्नु हो । यसका लागि हामीले सबै भावुकता त्याग्नुपर्छ…हामीले मानवअधिकार, जीवनस्तर उकास्ने र प्रजातान्त्रिकीकरणबारे सोँच्न छोड्नुपर्छ” र हामीले “सिधा शक्तिको अवधारणाअनुरूप व्यवहार गर्नुपर्छ” साथै “परोपकार र दानदक्षिणा” सम्बन्धी “आदर्शवादी नाराहरूले रोकिनुहुन्न” ।

केन्नान अमेरिकी योजनाकार जमातका एक मध्यम खालका ‘ढुकुर’ मानिन्थे । प्रचार नगरिएको यो कब्जाकारी जमातलाई ‘ग्य्राण्ड एरिया’ भनिन्थ्यो । दुर्भाग्यवश केन्नान र उनका सहकर्मीहरूलाई चकित पार्दै अर्को वर्ष (१९४९), चीनले आफूलाई अमेरिकी नियन्त्रणबाट यसरी मुक्त ग¥यो कि आज पनि यसको परिणाम टड्कारै अनुभूत हुन्छ ।

माओ त्सेतुङ्ग नेतृत्वको विद्रोही चिनियाँ कम्युनिष्ट पार्टीले मूलभूमि चीनबाट अमेरिकासमर्थित राष्ट्रवादी (कोमिन्ताङ्ग) लाई माथ दिएपछि यस्तो भयो । उल्टाउन नसकिने यस हारले गर्दा धेरै अमेरिका समर्थकहरू भागेर हङकङबाट ७०० किमि पूर्व पर्ने टापु, ताइवान गए ।
परिणामले ह्यारी ट्रुमन प्रशासनका आलोचकहरूलाई यो घटना ‘एक टार्न सकिने विपत्ति’ थियो भन्ने निष्कर्षमा पु¥यायो । यसलाई यत्तिकैमा रोक्न सकिन्थ्यो भनी उनीहरूले अमेरिकी सेना डाकिनुपथ्र्यो भन्ने ठाने ।

एउटा मुलुकसँग विश्व प्रभुत्वको विवेकहीन आकांक्षा छ भने “साम्यवादसामु चीनलाई गुमाउनु” निसन्देह विनाश हो । ५५ करोड जनसंख्या भएको र वासिङ्गटनबाट ११०० किमिभन्दा टाढा राजधानी (पेकिङ्ग) भएको मुलुक “गुमाउनु’ अर्थपूर्ण शब्द हो । यसले साम्राज्यवादी योजना छर्लङ्ग पार्छ र यस्तै सूत्रहरू आजसम्म कायम छन् ।

चीनलाई ‘गुमाए’ सँगै १९५० को दशकसम्ममा दक्षिणपूर्वी एसिया पनि अमेरिकी पकडबाट फुत्किँदै थियो । यसले अन्ततः भियतनाम र बाँकी हिन्दचीनमा घातक द्वन्द्वलाई मलजल ग¥यो ।

कलिलै उमेरमा ट्रुमनले ‘चिनियाँहरू’ प्रतिको आफ्नो हेलाहोचोबारे लेखेका थिए । फलस्वरूप, उनलाई अमेरिकी नियन्त्रणको परिधिबाट चीनको बहिर्गमनले अत्यन्त रुष्ट पा¥यो । उनले लेखे ः “म राष्ट्रपति होउञ्जेल, मैले छेक्न सक्नेसम्म त्यो आततायी संगठनलाई चिनियाँ सरकारको रूपमा कहिल्यै मान्यता दिइने छैन ।”

द्वितीय विश्वयुद्धको अन्त्यसम्ममा अमेरिका विश्वकै धनी मुलुक बनिसकेको थियो । महामन्दीका असरहरू छोडेर र अमेरिकी उद्योगधन्दा चार गुना बढाएर दोस्रो विश्वयद्ध सक्कियो । जर्मनी, सोभियत संघ, बेलायत, चीन र जापानजस्ता सबै प्रतिस्पर्धीहरू आक्रमण, गोलाबारी वा मानव संहारले तहसनहस भएका थिए ।

मिनिसोटास्थित कार्लटन कलेजका सहनिर्देशक क्रिस्टोफर टास्साभा लेख्छन्,“अमेरिकी नेताहरूले सं.रा. अमेरिकालाई युद्धपछिको विश्व अर्थतन्त्रको केन्द्र बनाउने अठोट लिए । अमेरिकी सहयोग वा ‘मार्शल प्लान’ ले अन्य कुराहरूसँगै पूर्वी जर्मनी, फ्रान्स, बेलायत र जापानको आर्थिक पुनःसंरचनालाई अमेरिकी आयात–निर्यातका आवश्यकतासित गाँसेर यस उद्देश्यलाई अगाडि बढायो ।”

मुख्य प्रतिस्पर्धीहरू अमेरिकी वित्तिय शक्तिसँग झनझन मिल्दै जाँदा शीतयुद्ध सोभियत संघविरुद्ध केन्द्रित भयो । दुवै बलवानहरू सँगसँगै लम्किँदै छन्, साथमा अमेरिकाले विश्वलाई साम्यवादको विध्वंशबाट जोगाउँदै छ भनी पश्चिमा मूलप्रवाहमा हल्ला फैलाइएको थियो ।
यथार्थमा अमेरिका सदा अति बलियो राज्य थियो । उसले अपूर्व सम्पत्ति, सुरक्षा र संभावनाको मज्जा लिइरहेको थियो । विश्व हत्याउने जंगली आकांक्षा लिएको हिटलरले समेत यस्तो शक्तिको कल्पना गरेको थिएन होला ।

शीतयुद्धले दुवै बलवानलाई आफ्ना प्रभाव क्षेत्रहरूमा सैद्धान्तिक हिसाबले सुव्यवस्था लागू गर्ने र फैलाउने काममा प्रयत्नशील बनाइरहेको थियो । अमेरिकाले विश्वका धेरैजसो भूभागमा नियन्त्रण जमाएको थियो भने सोभियत संघले पूर्वी युरोपमा चित्त बुझाउनु पथ्र्यो । तैपनि छिट्टै नै परिस्थिति फेरिँदै थियो ।

चीनलाई ‘गुमाए’ सँगै १९५० को दशकसम्ममा दक्षिणपूर्वी एसिया पनि अमेरिकी पकडबाट फुत्किँदै थियो । यसले अन्ततः भियतनाम र बाँकी हिन्दचीनमा घातक द्वन्द्वलाई मलजल ग¥यो । अझ १९६० को दशकको आधाआधीमा रिचर्ड निक्सनले वर्णन गरेजस्तो “महान् पुरस्कार” अर्थात् इण्डोनेशियामाथि नियन्त्रण हत्याउन रगतको खोलो बगाइयो । यी एसियाली क्षेत्रहरू अमेरिकी आक्रमण र प्रभावको असरबाट तङ्ग्रिन अझै पनि बाँकी छ ।

१९७५ सम्ममा विश्वको कूल सम्पत्तिमा अमेरिकी हिस्सा २५% मा झ¥यो । यो हिस्सा अद्यापि ठूलो थियो । तर एक पुस्ताअघि यो हिस्सा ५०% थियो । युरोप र जापानकेन्द्रित एसिया बिस्तारै तङ्ग्रिँदै जाँदा र अमेरिकी प्रभावमाथिको निर्भरता घट्दै जाँदा औद्योगिक विश्व ‘तीन ध्रुवीय’ बन्दै थियो ।

१९७९ तिर अमेरिकाले अर्को दनक खायो जब इरानी राष्ट्रवादीहरूले पश्चिमसमर्थित शाहको तानाशाही मिल्काइदिए । यो अर्काे चोटिलो ‘घाटा’ थियो किनभने त्यसपछि इरान लगातारजसो अमेरिकाले कहिल्यै नखेपेको टाउको दुखाईको कारण बनेको छ । १९९० को दशकको थालनीमा भएको सोभियत संघको पतनमा पश्चिमा सम्भ्रान्तहरूले मूर्खतापूर्ण विजयोन्माद मनाए । साम्यवादको महामारीउपर ‘पश्चिमा मूल्य’ को अन्तिम विजय र ‘एउटा महान चरण’ को विषयमा चर्चाहरू भए ।

सोभियत संघपछिको युगमा जनतालाई झुक्याउनलाई अमेरिकाले प्रयोग गरेको ‘सोभियत हमला’ विरुद्ध विश्व आत्मरक्षाको पुरानो बहानाले काम नगर्ने भयो । अब अन्य राष्ट्रहरूमाथि गैरकानुनी हमला गर्ने बहाना टोनी ब्लेयरले भनेझैँ ‘प्रजातन्त्रको प्रबद्र्धन गर्न’ र ‘मानवअधिकार र सभ्य मूल्यहरू’ को रक्षार्थ बन्न गयो ।

स्रोतसाधनमाथि नियन्त्रण जमाउने र स्वतन्त्र राष्ट्रलाई ध्वस्त पार्नेजस्ता सक्कली कारणहरू भने नेपथ्यमै रहे । हावर्डका प्रोफेसर सामुयल पि. हन्टिङटनले अमेरिकाबारे १९९९ मा भनेजस्ता कुरामा उतिसारो चासो दिइएन । उनले भनेका थिए ः“धेरै देशको आँखामा ऊ धुर्त सर्वशक्तिमान बन्दैछ” र “उनीहरूको समाजको लागि एक्लै सबभन्दा ठूलो खतरा बनिरहेको छ ।”

यी विचारलाई “विश्व शान्तिलाई सबभन्दा ठूलो खतरा” विषयक यस शताब्दीका अनेकौँ अन्तर्राष्ट्रिय मतसर्वेक्षणले पुष्टि गरेका छन् । पश्चिमा राजनीतिज्ञहरू सोभियत संघको पतनमा सार्वजनिक रूपमै एकअर्काको प्रशंसा गरिरहेको केही वर्षमै अमेरिकाले ल्याटिन अमेरिकाबाट पनि पकड गुमाउँदै गयो । अमेरिकाले सिर्जेका द्वन्द्व र उचालेका तानाशाहीहरूको क्रुरता झेलेका ल्याटिन अमेरिकी जनताले विदेशी नियन्त्रणबाट उम्कन जोडबल लगाइरहेका थिए ।

केही हदसम्म अमेरिकी पतनको कारक ऊ आफै हो । मध्यपूर्वमा बुस–ओबामा युद्धहरूको कुल लागत ४०,००० देखि ६०,००० खर्ब अमेरिकी डलर रहेको अनुमान गरिएको छ । संसारकै धनाढ्य राष्ट्रकै लागि पनि यो मजाकको विषय होइन ।ओसामा बिन लादेनको एउटा उद्देश्य अमेरिकालाई लामो द्वन्द्वमा फँसाएर उसको वित्ततन्त्र खस्काउनु थियो । बिन लादेनले आफ्नो समुद्री चिहानबाट पनि जितिरहेकै छ । वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले हालैमात्र अफगानिस्तानमा थप खर्च बढाइरहेका छन् । अमेरिकी सेनालाई अर्को दशकसम्म पनि अफगानी भूमिमै रहनुपर्ने बताइएको छ ।

बिर्सन नसकिने कुरा, सं.रा.अमेरिका अझैपनि निर्विवाद सैन्य पहलमान हो । अन्य कुनैपनि मुलुकलाई उसको सैन्य शक्तिसँग दाँज्न सकिन्न । अमेरिकी सेनाको खर्च १०% बढेर ७०० खर्ब अमेरिकी डलर पुगेको छ । सन् २०१६ मा यो खर्च ६११ खर्ब अमेरिकी डलर थियो । २०१६ मा चीन सैन्य खर्चको सूचीमा दोस्रो थियो । उसको कूल खर्च २१५ खर्ब अमेरिकी डलर थियो ।

आगामी खर्चले धनकुवेर अमेरिकालाई खासै असर नपार्ला तर करोडौँ अमेरिकीहरूले लामो समयदेखि चलिरहेको कुलीनतन्त्रको प्रहार फेरि पनि थेग्नुपर्नेछ ।

(शेन कुइन नोम चोम्स्कीजस्ता लेखकबाट प्रेरित अन्तर्राष्ट्रिय मामिला सम्बन्धमा लेख्न रुचाउने पत्रकार हुन् । अनलाइनमजदुरका लागि ः सुरेशद्धारा ग्लोबल रिसर्चबाट अनुवाद  ) । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार