नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीबीच एकताका लागि वार्ताका प्रक्रियाहरु अगाडि बढेका छन् ।

यी दुई पार्टीका उच्च नेताहरुबीचको वार्ता हाल कार्यगत एकतादेखि लामो गृहकार्य गरेर एकतासम्म पुग्ने रणनीतिमा छ । यी दुई पार्टी आधारभूत रुपमा विचार, राजनीति र कार्यक्रमका हिसाबले धेरै नजिक पनि छन् ।

तर पार्टी एकता प्रक्रिया भने निकै गंभीर र जटिल प्रश्नको विषय पनि हो ।

कुनै अमुक नेता र पात्रको चाहनाले एकता हुने होइन कि बरु विचार, कार्यदिशा र कार्यक्रममा कत्तिको तादम्यता मिल्छ भन्ने कुरामा निर्भर रहन्छ । अहिले नेकपा र क्रान्तिकारी माओवादीबीचको एकता प्रक्रिया त्यसै निर्भर छ ।

विचार र कार्यक्रममा यी दुई पार्टीबीच खासै ठूलो अन्तर नरहेपनि वर्तमान नेपाली क्रान्तिको कार्यदिशा के हुने भन्नेमा अझै ठूलो भिन्नता छ । नेपाल कम्युनिस्ट पार्टी अहिले एकीकृत जनक्रान्तिको कार्यदिशा संश्लेषण गरेर अगाडि बढेको छ भने वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले स्पष्ट कार्यदिशा अपनाउन सकेको देखिदैन ।

लेनिनपछिको विश्व कम्युनिस्ट आन्दोलन, माओपछिका अधिकांश क्रान्तिले किन सफलता हात पार्न सकेनन् ? नेपालको जनयुद्धले खाएको धक्का र यसपछाडिका अन्तरनिहित पाटापक्षबारे वैद्य माओवादीले खासै अध्ययन र समीक्षा गर्न चासो या गंभीरता देखाएको देखिदैन ।

आजको विश्व परिवेश, विज्ञान प्रविधिले ल्याएको अभूतपूर्व परिवर्तन, विश्व भूमण्डलीकरण र त्यसले विश्वलाई कसरी प्रभावमा पारेको छ ? त्यसैको प्रभावमा नयाँ वर्गको उदयले आजका कम्युनिस्टहरुलाई नयाँ कार्यदिशा विकास र परिवर्तनमा जान दबाब दिइरहँदा क्रान्तिकारी माओवादीका नेताहरुले यतातिर खासै रुची नदिएको अनुभूति हुने गर्छ ।

लेनिनले भनेकै छन् नि माक्र्सवाद कुनै जडसुत्र होइन । लेनिन र माओले गरेकै भनेको माक्र्सवादलाई सुत्रमा होइनमा सिर्जनशिलतामा ध्यान दिएका थिए । लेनिनको सिर्जनशिलता र गतिशिलताले रुसमा सन् १९१७ अक्टोबर क्रान्ति भएको थियो ।

माओले लेनिनकै कार्यदिशा हुबहुँ लागु गरेर गएको चीनमा क्रान्ति संभव थिएन । त्यसैले माओले आफ्नै विशेषतामा अडेर सन् १९४९ मा क्रान्ति गर्नु भयो । लेनिनकै बाटोबाट क्रान्ति गर्नुपर्छ भन्ने केही चिनियाँ नेताहरुको कमजोरीका कारण चीकपाले ठूलो क्षति व्यहोर्नु पर्यो ।

तर माओले आफ्नै सिर्जनशीलता र मौलिकतालाई समाउनु भयो । माओपछि विश्वमा किन कुनै पनि देशमा क्रान्ति हुन सकेन ? भएका क्रान्तिहरुले पनि किन धक्का खाए ? अहिले चलिरहेका क्रान्तिले पनि किन गति पैदा गर्न सकिरहेको छैन ? यसबारे आजका कम्युनिस्ट पार्टीहरुले सोच्नै पर्ने बाध्यता सिर्जना भएको छ ।

हो, यहीनेर नेपाल कम्युनिस्ट पार्टी र यसका नेताहरु लेनिन र माओपछि नयाँ विश्वलाई अध्ययन गरेर, आजको विश्वको अन्तरविरोधलाई केलाएर जानु पर्ने र त्यहीअनुरुपको कार्यदिशा विकासमा लागेका छन् । तर क्रान्तिकारी माओवादी र यसका नेताहरुले यसबारे त्यति गंभीरतापूर्वक नयाँ अध्ययनमा जोड दिन चाहिरहेका छैनन् ।

अभाव यहीनेर खड्ेको देखिन्छ । नेपाली क्रान्तिको कार्यदिशा र कार्यक्रमका बारेमा यी दुई पार्टीका नेताबीच गंभीरतापूर्वक गृहकार्यमा लाग्नु पर्ने देखिन्छ । कार्यदिशामा गृहकार्यबिनाको एकताको कुनै अर्थ हुँदैन । होइन भने त्यो एकता अहिले एमाले र माओवादी केन्द्रबीच चलेको एकताजस्तै हुनेछ ।

नेपाल कम्युनिस्ट पार्टी धेरै कदम पार गरेर अगाडि बढेको छ । ऊ अब पछाडि फर्कन सक्दैन । उसले नेपाली क्रान्तिको कार्यदिशा, कार्यक्रम र संघर्षका धेरै कार्यक्रममा आफुलाई विकास गरेर नेपाली राजनीतिमा एउटा अलग पहिचान दिन सफल भइसकेको छ ।

यस्तो बेला क्रान्तिकारी माओवादीका नेताहरुले आफुहरुलाई सिर्जनशील र मौलिकतामा ढालेर नयाँ ढंगले एकता प्रक्रियालाई अगाडि बढाउने ढंगमा सोच्नु उपयुक्त हुनेछ ।

यी दुर्इ पार्टीकाे एकताकाे कुँजी कुराे भनेकाे नेकपा क्रान्तिकारी माअाेवादीका कमरेडहरूले नेकपाद्धारा विकसित एकीकृत जनक्रान्तिकाे कार्यदिशालार्इ सकारात्मक ढंगले लिने बित्तिकै एकता प्रकियाले गति लिनेछ ।

तर हतारमा कार्यदिशामा एकरुपता नभइकन गरिने एकताले सकारात्मक दिशा दिन सक्दैन । त्यसका लागि लामाे गृहकार्य गरेर जानेतिर साेच्नु बुद्धिमानी हुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार