माक्र्सवाद माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओले प्रतिपादन गरेको उन्नत दर्शन हो । यसलाई उत्पीडित र श्रमजीवी जनताको मुक्तिदर्शन पनि भन्न सकिन्छ । महिला भनेको दासयुगदेखि आजको उत्तर–साम्राज्यवादको युगसम्म दोहोरो शोषणमा बाँचिरहेको मानवजातिको आधा आकाश र आधा धर्ती ढाक्ने उत्पीडित वर्ग हो । उनीहरूले दुईवटा शोषणबाट मुक्ति पाउनुपर्नेछ । एउटा पुरुष आधिपत्य र अर्को राज्यसत्ताबाट त्यसकारण उत्पीडित वर्गले माक्र्सवाद पढ्न जरुरी छ ।

साम्यवादीहरूले उत्पीडित वर्गका घरघरमा, खेत–खालिहानमा, कारखानामा र चुल्होचौकोमा माक्र्सवाद पु¥याउन अति आवश्यक छ । यसकारणले कि अज्ञानताले कहिल्यै र कहीँ पनि क्रान्ति भएको छैन । माक्र्सवादी ज्ञान भनेको दुनियाँ बुझ्ने, बदल्ने र विकास गर्ने दर्शन हो । माक्र्सवाद स्वयं विकास हुँदै माओवादमा आइपुगेको छ । माक्र्स र एङ्गेल्सले साम्यवादको रूपरेखा तयार पार्नुभयो । लेनिन, स्टालिन र माओले आफ्नो देश र कालमा त्यसको व्यावहारिक रूप दिनुभयो । आज अति केन्द्रीकृत साम्राज्यवाद र उत्पीडित जनताका बीच भीषण संघर्ष चलिरहेको छ । पेरिस कम्युनदेखि आजसम्म हार र जितको प्रक्रिया अघि बढिरहेको छ । हाम्रा आधारइलाकाहरू गुमेका छन्, हाम्रा विजयी किल्लाहरू भत्केका छन् । हामी फेरि सम्हालिँदैछौँ । हामी समीक्षा गर्दैछौँ । आखिर हामीभित्रैको खराबीले गर्दा नै हामी पराजित भएका थियौँ । हामीले भनेका छाँै कि एउटा त हामीले माक्र्सवादको मूल पाठ दह्रोसँग ग्रहण गर्न सकेनौँ र अर्को परिस्थितिअनुरूप त्यसको विकास गर्न सकेनाँै । तेश्रो दुश्मनले सजिलै आफूले खाइपाई आएको गद्दी सजिलै छोड्ने कुरा पनि भएन ।

महिलाहरूलाई पुँजीपतिहरू र दलाल पुँजीपतिहरू राजनीतिबाट कटाउन चाहन्छन् । राज्यसत्ता र राजनीतिको नेतृत्व स्वयं निगम पुँजीपतिहरू गर्न चाहन्छन् भन्ने कुरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुष्टि गरेका छन् । त्यसकारण लेनिनले साम्यवादीलाई भन्नुभएको छ– हाम्रो कार्यभार राजनीति प्रत्येक महिलाका लागि सुलभ बनाउनु हो ।”

माक्र्सले साम्यवादको सिद्धान्त रच्दै गर्दा त्यतिबेलाका पुँजीवादीहरूले महिलाहरूलाई साम्यवादको संघर्षमा आउन नदिन साम्यवादीहरूलाई कस्तो आरोप लगाउँथे र उहाँले त्यस आरोपको कसरी खण्डन गर्नुभएको छ भन्ने कुरा बुझ्न ‘साम्यवादी दलको घोषणापत्र पढ्न जरुरी छ । त्यसको एउटा पाठलाई यहाँ उदृढ गरौँ :

“… सम्पूर्ण पुँजीपतिहरू घाँटी फुट्नेगरी एउटै स्वरमा कुर्लंदैछन्, साम्यवादीहरूले महिलाहरूलाई सर्वोपभोग्य बनाउनेछन् ।”

“पुँजीपतिहरूले आफ्ना पत्नीलाई उत्पादनको एउटा औजारबाहेक अरू केही सोच्दैन । उसले साम्यवादी समाजमा उत्पादनका औजारहरूको सामूहिक रूपमा उपभोग हुन्छ भन्ने कुरा सुनेको छ । यही कारणले स्वाभाविक रूपमा उसले त्यस समाजमा सबै वस्तुहरूजस्तै महिला पनि सर्वोपभोग्य हुनेछन् भन्ने निष्कर्षबाहेक अर्को निकाल्न सक्तैन ।

“उसले वास्तवमा साम्यवादीहरूको उद्देश्य महिलाहरूलाई उत्पादनको औजार जस्तो स्थिति अन्त गर्ने रहेको छ भन्ने कुरा सपनामा पनि सोच्न सक्तैन ।

“महिलालाई सर्वोपभोग्य बनाउने कुराका विरुद्ध पुँजीपतिहरूको सदाचारी आक्रोसभन्दा बढी हास्यास्पद अरू केही हुन सक्तैन, उनीहरू साम्यवादअन्तर्गत महिलाहरूलाई खुल्लमखुल्ला र सरकारी तरिकाले सर्वोपभोग्य रूपमा स्थापित गर्नेछन् भनी बुझ्ने वहाना गर्दछन् । साम्यवादीहरूलाई महिलामाथि सर्वोपभोग्यता कायम गर्ने कुनै आवश्यकता छैन किनभने त्यो त बाबा आदमको पालादेखि चल्दै आएको छ ।

“हाम्रा पुँजीपतिहरू मजदुरका छोरी–बुहारीहरूलाई आफ्नो मनमानी ढंगले भोग गर्दा पनि सन्तुष्ट हुँदैनन, बेश्याहरूबाट पनि उनीहरूको प्यास मेटिँदैन, यही कारणले गर्दा एक–अर्काका श्रीमतीहरूमाथि हात हालेर नै उनीहरूलाई विशेष आनन्द प्राप्त हुन्छ ।

“पुँजीवादी विवाह वास्तवमा साझा पत्नीहरूकै एक व्यवस्था हो, यसकारण साम्यवादीविरुद्ध उनीहरू सर्वोपभोग्यताको विद्यमान ढोङपूर्ण र गुप्त प्रथालाई कानुनी रूप दिन चाहन्छन् भनेर बढीभन्दा बढी आरोप लगाउन सक्छन् । बाँकी कुरा त स्वतः स्पष्ट छ कि जब उत्पादनको वर्तमान व्यवस्था अन्त हुनेछ, तब यस व्यवस्थाबाट उत्पन्न बजारिया र घरानियाँ महिलाहरूको सर्वोपभोग्यता र बेश्यावृत्ति अन्त हुनेछ’, माक्र्स–एंगेल्स, साम्यवादी दलको घोषणापत्र, १८४८ ।

यहाँ साम्यवादका प्रतिपादक माक्र्स र एङ्गेल्सले साम्यवादीहरूले श्रीमती पनि साझा बनाउनेछन् भन्ने आरोपको खण्डन गर्दै पुँजीपतिहरूको झ्याँको झार्नुभएको छ । आफ्ना श्रीमती, मजदुरहरूका छोरीबुहारी र बेश्याहरूसम्म जाँदा पनि यौनप्यास नमेटिएपछि उनीहरू एक–अर्काका श्रीमतीसँग समेत रंगलिला गर्दछन् । अनि यी पाजीहरूले हामीमाथि उत्पादनका साधनहरूजस्तै महिलाहरूलाई पनि साझा बनाउँदछन् भनेर झ्याली पिट्ने ? साम्यवादीहरूले त महिलाहरूलाई बजारमा किनबेच गर्ने पुँजीवादी वस्तुहरूबाट मुक्त गरी मानवजातिको अभिन्न अंगमा रूपान्तरण गर्न चाहन्छन् र पुँजीवादी व्यवस्थाको अन्त भएर साम्यवादी व्यवस्था आरम्भ भएपछि त्यहाँ उनीहरूको स्थिति कस्तो हुनेछ भन्नेबारे एङगेल्सले ‘परिवार, निजी सम्पत्ति र राज्यसत्ताको उत्पत्ति’ नामक प्रसिद्ध पुस्तकमा भन्नुभएको छ–

“… एउटा नयाँ पिढी जन्मनेछ– यस्तो पुरुष पिढी जसलाई जीवनभर कहिल्यै पनि कुनै महिलाको देहलाई पैसा दिएर अथवा सामाजिक शक्तिको अन्य साधनद्वारा किन्ने मौका मिल्नेछैन र यस्तो महिला पिढी जसलाई कहिल्यै पनि सच्चा प्रेमबाहेक अरू कुनै कारणले पुरुषको सामु आत्मसमर्पण गर्न विवश हुनुपर्नेछैन, न त आर्थिक परिणामको डरले आफूलाई आफ्नो प्रेमीसँग आत्मसमर्पण गर्न कसैले रोक्न सकोस् । जब एकपटक यस्ता महिला पुरुषले यस संसारमा जन्म लिनेछन्, तब उनीहरूले आज हामीले के गर्नुपर्दछ भन्ने कुरामा अलिकति पनि चिन्ता गर्ने छैनन् । उनीहरूले के गर्ने भन्ने बारे स्वयं तय गर्नेछन् र तदअनुरूप उनीहरू स्वयंले प्रत्येक व्यक्तिको आचरणबारे जनमत निर्माण गर्नेछन्, यति भएपछि समस्या समाधान हुनेछ”, एंगेल्स, १८४८ ।

विशाल तथ्यसहित माक्र्स र एङगेल्सले यस्तो महिला पुरुष हुने सुन्दर वैज्ञानिक समाजवादी समाज र साम्यवाद पुष्टि गर्नुभएको छ । यो घीनलाग्दो पुँजीवादको ठाउँमा त्यो वैज्ञानिक समाज अवश्य प्राप्त हुनेछ ।

एङ्गेल्स अर्को ठाउँमा भन्नुहुन्छ – ‘आधुनिक परिवारमा पत्नीमाथि पतिको आधिपत्यको विशिष्ठ चरित्र र दुवैको बीचमा वास्तविक सामाजिक समानता स्थापना गर्ने आवश्यकताको साथसाथै, यसको परिपूर्तिको तरिका त्यसैबेला मात्र पूर्ण स्पस्टतासाथ हाम्रोसमक्ष देखापर्दछ, जब पुरुष र महिला कानुनको दृष्टिमा पूर्णतः समान हुन्छन् । … सामाजिक उत्पादनमा सम्पूर्ण महिला जातिको सहभागिताको स्थिति पुनस्र्थापना नै महिला मुक्तिको पहिलो पूर्वाधार हो …’, उही ।

पुरुष र महिला कानुनको दृष्टिमा समान हुने र सामाजिक उत्पादनमा उनीहरूको सहभागिता रहने व्यवस्था भनेको पुँजीवादी व्यवस्था होइन, वैज्ञानिक समाजवादी व्यवस्था हो । हामी उत्पीडित वर्ग त्यसैका लागि लडिरहेका छौँ ।

हामीले यहाँ समस्याको समाधान त प्रस्तुत ग¥यौँ तर हाम्रो देश र कालका समस्याहरू नबुझीकन र तिनलाई नबदलीकन हामी वैज्ञानिक समाजवाद र साम्यवादमा पुग्न सक्तैनौँ ।

पहिलो कुरा, हाम्रो समयको उत्तर–साम्राज्यवादी पुँजीवाद भनेको एक प्रतिशत मानिसको अति–केन्द्रित एकाधिकार हो । एक प्रतिशतका प्रमुख नाइकेहरू पनि थोरै छन्–वारेन वफेट, विलगेट्स, जेफस बिजोस, कोनोड कोच, डेविड ओच, कार्लोस सिलिन र मार्क जोकरवर्ग । नेपालमा तिनका दलालहरू हुन्– विनोद चौधरी, उपेन्द्र महत्तो, अजेय सुमार्गी, आदित्य झा, बलराम चेनराई, शेष घले, दीपक मलहोत्रा, मीनबहादुर गुरुङ, प्रभाकर शम्सेर जबरा, मोहनगोपाल खेतान । अन्तर्राराष्ट्रिय अति एकाधिकारवादी पुँजीपतिहरूले विश्वमा कच्चा पदार्थको श्रोत र विश्वबजारमा एकाधिकार कायम गरिरहेका छन् भने उनीहरूले महिलाहरूलाई उत्पादनको औजार बनाएका छन् । त्यसको लागि बेश्यालयहरू खोलेका छन्, सुन्दरी प्रतियोगिता गरिरहेका छन् । विज्ञापनको साधन बनाएका छन् र उनीहरूबाट सस्तो श्रम लुटिरहेका छन् । नेपालका दलाल पुँजीवादीहरू ती र तीजस्तै पुँजीवादीहरूको सेवाका लागि महिलाहरूको उपयोग गरिरहेका छन् । नेपालमा समग्र श्रमिकवर्गले एकाधिकारवादी पुँजीवाद र दलाल पुँजीवादको तागतलाई ध्वस्त पारी वैज्ञानिक समाजवाद ल्याउनुपर्नेछ । अति एकाधिकारवादी पुँजीवादले हाम्रा वैज्ञानिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मित्रहरू बढाइदिएको छ । किसान, मजदुर र सिपाहीको पंक्तिमा मध्यमवर्गलाई पनि जान बाध्य पारेको छ । यो मानवइतिहासको नयाँ आयाम पनि हो । समग्र पुँजीपति वर्गको काम बनेको छ, महिलाहरूको उपभोग र उपयोगिता । समग्र श्रमिक वर्ग यस उपयोगितावाद विरुद्ध लड्न जरुरी छ ।

दोश्रो कुरा, महिलाहरूलाई पुँजीपतिहरू र दलाल पुँजीपतिहरू राजनीतिबाट कटाउन चाहन्छन् । राज्यसत्ता र राजनीतिको नेतृत्व स्वयं निगम पुँजीपतिहरू गर्न चाहन्छन् भन्ने कुरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुष्टि गरेका छन् । त्यसकारण लेनिनले साम्यवादीलाई भन्नुभएको छ– हाम्रो कार्यभार राजनीति प्रत्येक महिलाका लागि सुलभ बनाउनु हो ।” अति एकाधिकारवादी पुँजीपति वारेन वफेटले न्युयोर्क टाइम्सका पत्रकारलाई अन्तर्वार्ता दिँदा वर्गसंघर्ष कसले जित्दैछ भन्ने प्रश्नको जवाफ दिनेक्रममा भनेका छन्– ‘वर्गयुुद्ध चल्दैछ, ठीक छ तर मेरो वर्ग धनी वर्ग हो, त्यसले युद्ध लड्दैछ र हामीले जित्दैछौँ ।’ यी जुकाहरू आफू यसरी खुल्लमखुल्ला राजनीति र वर्गसंघर्षको कुरा गर्दछन् । युद्ध पनि आफैँले चलाएको र आफैँले जितिरहेको कुरा गर्न कुनै शरम मान्दैनन् तर महिलालगायत उत्पीडित वर्गलाई भने नयाँ तरिकाले राजनीतिबाट बञ्चित गर्न चाहन्छन । उत्पीडित वर्ग भने राज्यसत्ता र राजनीतिबाहेक अरू सबै भ्रम हो भन्ने कुरामा सचेत रहनुपर्दछ । यसकारण कि अर्थतन्त्रको केन्द्रीय अभिव्यक्ति नै राजनीति हो ।

तेश्रो कुरा, राजनीतिक नेतृत्व लिन राजनीतिक संगठनमा आबद्ध हुन जरुरी छ । महिलाहरू आज धार्मिक प्रवचनमा व्यापक उपस्थित हुन्छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका बैठकहरूमा उपस्थित हुन्छन् तर राजनीतिक संगठन र कार्यक्रमहरूमा न्यून मात्रामा उपस्थित छन् । यही कारणले गर्दा पनि उनीहरू पिछडिएका छन् । त्यसकारण शोषित–उत्पीडित वर्गको नेतृत्व गर्ने साम्यवादी पार्टीले महिलाहरूका बीचमा आफ्नो कार्यक्रम घनीभूत बनाउन जरुरी छ । यसकारणले कि उनीहरूको सहभागिताबिना कुनै पनि क्रान्ति इतिहासमा पनि सफल भएको थिएन र आज पनि पूरा हुनेछैन ।

चौथो, धार्मिक रुढीवाद, घरेलु मानसिकता र पुरानो संस्कृतिका विरुद्ध महिलाहरू जुझारु भएर लड्नुपर्छ । यसमा त सांस्कृतिक क्रान्ति नै गर्नुपर्ने आवश्यकता छ । माक्र्सले भनेझैं जनताका लागि धर्म अफिम नै हो । अहिले त क्रिस्चियन, हिन्दु, बौद्ध र मुस्लिम धर्म मान्दछ, भन्नेहरूले धर्मका नाममा व्यापार चलाइरहेका छन् । महिलाहरूलाई यसले निकै ग्रसित बनाएको छ । रामदेवको पतञ्जली योगमा रोग उपचारका नाममा औषधीको निगमबाट लुटतन्त्र चलाएको छ । क्रिस्चियन ले ईसुको नाममा लठ्याएर साम्राज्यवादी व्यापार विस्तार गरिरहेको छ । यो वास्तवमा ईश्वरसँग विज्ञान जोडेर द्वैतवादी तरिकाले आदर्शवादलाई चिरञ्जीवी बनाउने प्रयत्न हो ।

यसका साथै, महिलाहरू घरेलु मानसिकताबाट पनि माथि उठ्नैपर्छ । यसमा पनि सांस्कृतिक क्रान्ति गर्नुपर्ने आवश्यकता छ । जनयुद्धको बेला सेनामा आएका ३५ प्रतिशत महिला सदस्यहरूमध्ये अधिकतम र पार्टीमा आएका नेता तथा कार्यकर्ता घरेलुकार्यमा पर्केका छन् । यस सन्दर्भमा लेनिन भन्नुहुन्छ– ‘अधिकांश मामला घरेलु कार्य– झन्झटपूर्ण, सर्वाधिक अनुत्पादक, सर्वाधिक अमानवीय तथा सर्वाधिक विषम श्रम हो जुन महिलाहरूले पूरा गर्छन् । यो श्रम सरासर तुच्छ हुन्छ । त्यसमा महिलाहरूको विकासमा योगदान गर्ने त्यस्तो कुनै कुरा सामेल छैन ।’ त्यसो के गर्नुपर्छ त ? उहाँ भन्नुहुन्छ– ‘समाजवादी आदर्शको अनुशरण गर्दै हामी समाजवादको पूर्ण कार्यान्वयनका लागि लड्न चाहन्छौँ । र यहाँ महिलाहरू सक्षम श्रमको अत्यन्त विस्तृत क्षेत्र उन्मुक्त हुन्छ । … समाजवादी समाजको निर्माण कार्य तब सुरु हुनेछ । जब हामीले महिलाहरूको पूर्ण समानता हासिल गर्नेछौँ ।’

धार्मिक रुढीवाद, घरेलु झन्झट र घरेलु मानसिकता अनि पुरानो र खराब संस्कृतिका विरुद्ध सांस्कृतिक क्रान्ति नगरीकन महिलाहरू मुक्त हुन सक्तैनन् । पुरानो र खराब विचारधारा, विरासत, आनीबानी, रीतिरिवाज र संस्कृतिका विरुद्ध लड्दै नयाँ र असल विचारधारा, विरासत, आनीबानी, रीतिरिवाज र संस्कृतिक स्थापित गर्नु नै सांस्कृतिक क्रान्ति हो । माक्र्सवाद विकास भएर माओवादमा पुगेको छ । माओवाद भनेको अन्ततः सांस्कृतिक क्रान्ति हो । सांस्कृतिक क्रान्ति अधुरै रहेको छ । यसको विकासले समग्र उत्पीडित वर्गका साथमा महिलाहरूको पनि मुक्ति हुनेछ ।
महिला क्रान्तिबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार