नेपाल कम्युनिस्ट पार्टीका पाेलिटव्युराे सदस्य पदम रार्इले एकीकृत जनक्रान्तिबाट मात्र नेपाली दलितहरूकाे मुक्ति संभव हुने बताएका छन् ।

SANYO DIGITAL CAMERA

नेपाल कम्युनिष्ट पार्टी निकट दलित मुक्तिमोर्चाद्धारा आज राजधानीमा आयोजित ‘वर्तमान दलित मुक्ति आन्दोलन र आगामी कार्यदिशा’ विषयक अन्तरकृया कार्यक्रममा नेता रार्इले यस्ताे बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेकपा पोलिट्ब्युरो सदस्य राइले आर्थिक, सामाजिक तथा सांस्कृतिक हिसावले उत्पीडित दलितहरुलाई व्यक्तिले होइन व्यवस्थाले हेपेको भन्दै बर्गीय मुक्तिपछि मात्र उत्पीडित जातीको मुक्ति हुने भएकोले एकीकृत जनक्रान्तिमा आवद्ध हुन सवैलाई आग्रह गरे ।

दलित आन्दोलनका अगुवा तथा माओवादी नेता विश्वभक्त दुलाल आहुतीले जनयुद्धमा बलिदानी समानुपातिक हुने तर अधिकारमा चाँही दलितलाई किन पछाडि पारेको भन्दै वैज्ञानिक समाजवादी व्यवस्थाका लागि संघर्ष गर्ने कम्युनिष्ट पार्टीको नेतृत्वमा दलित समुदायको पनि समान सहभागिता हुनुपर्ने विचार व्यक्त गरे ।

त्यस्तै अधिवक्ता एकराज भन्डारीले दलित अधिकारकोबारेमा राजाको शासनमापनि राम्रै लेखिएको तर व्यवहारमा लागु नभएको कारण अर्को क्रान्तिको आवस्यकता परेको धारणा राखे । अर्का वक्ता निर्मल विश्कर्माले विभेदकारी सामाजिक व्यवस्था रहेसम्म दलित समुदायको मुक्ति नहुने भन्दै आन्दोलनमा समानुपातिकको कुरा उठेपनि संविधानमा यो समुदायको अधिकार खोसिएको धारणा राखे ।

कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारीका महासचिव धिरेन्द्रा उपाध्यायले नेपालको नेतृत्व आदर्शवादको पिछलग्गु भएको कारण दलित र महिला समुदाय छुवाछुत र बलात्कारको सिकार भएको बिचार व्यक्त गरिन ।

दलित विकास समितिका अध्यक्ष बुद्धि नेपालीले कम्युनिष्ट पार्टीको हरेक कमिटीमा दलित समुदायको समानुपातिक नेतृत्व हुनुपर्ने धारणा राखे । संयुक्त राष्टिय दलित आन्दोलन संयोजन समितिका संयोजक टिकाराम दियालीले केही थान दलित मन्त्री र साँसद बन्दैमा सम्पूण दलितको मुक्ति नहुने भन्दै भावी पिढीलाई मुक्ति दिनकोलागि हामी अहिलेबाटै संघर्षमा लाग्नु पर्ने धारणा राखे ।

अखिल क्रान्तिकारीका उपाध्यक्ष राम नेपालीले माओवादी आन्दोलनका मुख्य नेतृत्वले क्रान्तिलाई धोका दिएपनि दोश्रो पुस्ताको नेतृत्वले यसको निरन्तरता दनिु पर्ने विचार व्यक्त गरे । दलित नागरिक समाजका अध्यक्ष मोतीलाल नेपालीले जनयुद्धले दलितलाई दिएको उपलब्धी संस्थागत नभएकाले फेरि अन्दोलन गर्नु परेको धारणा राखे ।

कार्यक्रममा नेपाल दलित मुक्तिमोर्चाका अध्यक्ष डम्बरबहादुर नेपालीले कार्यपत्र प्रस्तुत गरेका थिए भने मोर्चाका हरि नेपालीले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार