अन्तत एमाले र माअाेवादी केन्द्रबीचकाे एकतामा ब्रेक लागेकाे छ । अब एकता नहुने निश्चित जस्तै भएकाे छ ।

पछिल्लो समय एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले सम्मानजनक ढंगबाट पार्टी एकता गर्ने नभएर माओवादीलाई सिध्याउने र आफूसँग विलय गराउने कूटनीति अपनाएको माओवादी नेताहरुले निश्कर्ष निकालेका छन् ।

माअाेवादी केन्द्रका नेताहरूले एमालेकाे राष्ट्रवाद दिल्ली पुगेर पटाक्षेप भएकाे निश्कर्ष निकालेकाे छ । यसबारे अनलाइनखबरले माअाेवादी केन्द्रका एक नेतासँग गरेकाे कुराकानीकाे सारांश यस्ताे छ ।

जहाँ माअाेवादी केन्द्रले अाेलीलार्इ राष्ट्रघाती र माधव नेपाललार्इ पिँध नभएकाे अवसरवादी भनेर गाली गरेकाे छ ।

प्रचण्डसँग निकट केही माओवादी केन्द्रका नेताहरुसँग अनौपचारिक कुराकानी गर्दा उनीहरुले यस्तो संशययुक्त विश्लेषण सुनाएः

-केपी ओली दुईवटा वामपन्थी धारलाई आपसमा मिलाउने र सम्मानजनक एकता गर्ने पक्षमा छैनन् । उनी माओवादीलाई फसाएर आत्मसमर्पण गराउन अनि सिध्याउन चाहन्छन् ।

-केपी ओलीले प्रचण्डलाई पनि अध्यक्ष बनाउने आश्वासन त दिएका छन् । तर, उता माधव नेपाललाई पनि महाधिवेशनपछि तपाईलाई पार्टी अध्यक्ष बनाउँछु भनेर आफ्नो नजिक ल्याएका छन् । एमाले नेता माधव नेपाल पिँध नभएका लोहोटा हुन् भन्ने पुनः एकपटक पुष्टि भएको छ ।

-केपी ओलीले सचिवहरुको सरुवा गर्दा माओवादी निकट मन्त्रीहरुसँग कुनै सरसल्लाह गरेनन् । यतिसम्म कि माओवादी अध्यक्ष प्रचण्डसँग पनि छलफल नगरी उनी एकलौटी ढंगबाट सरकार सञ्चालन गरिरहेका छन् । एउटै पार्टीभित्र त नेताहरुसँग छलफल र सल्लाहका आधारमा सरकार चलाउनुपर्छ भने अहिले बेग्लै रहेको माओवादीलाई बाइपास गर्ने ओलीको चाहना देखिएको छ ।

– सम्मानजनक पार्टी एकता गर्ने लाइनबाट केपी ओलीमा विचलनको सुरुवात उनको बैंकक भ्रमणपछि भएको हो । त्यहाँ उनले भारतीय ‘रअ’का उच्च अधिकारीलाई भेटे र आफूले लिँदै आएको राष्ट्रवादको अडानलाई बिर्सेर मोदी सरकारसँग लाइन मिलाए । र, त्यसैको क्लाइमेक्स हो, उनको भारत भ्रमण, जहाँ केपी ओलीको राष्ट्रवादको भाँडो पूर्णरुपमा घोप्टियो ।

-पार्टी एकता हुन नदिन चुनावअघिदेखि नै विभिन्न तत्वहरु लागेका थिए । अहिले पनि माओवादीको भर छैन, धोका दिन सक्छ भन्दै ओलीलाई भड्काउने काम भइरहेको छ । विशेषगरी भारतसँग सम्बन्ध सुध्रिएपछि ओली माओवादीलाई पेल्ने मुडमा बढी देखिएका छन् । माओवादी आएन भने मधेसी दलले हामी छौं भनेर ओलीलाई आश्वासन दिइरहेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार