नयाँ शक्ति पार्टीका नेता बाबरराम भट्टराईले काँग्रेस, एमाले र माअाेवादी केन्द्रबाट विकास र समृद्धि हुन्छ भन्नु थारो भैंसी ब्याँउछ भन्नु जस्तै भएको बताएका छन् ।

अन्तराष्ट्रिय नेपाली समाज दक्षिण भारतको आयोजनामा भारतको बैंग्लौरमा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । नेपालको विभिन्न समयमा भएका राजनीतिक आन्दोलनमा प्रवासी नेपालीहरुको भूमिका महत्वपूर्ण रहेको उनको भनाई थियो ।

उनले केपी ओलीले संघर्षबाट प्राप्त भएका उपलब्धि सबै आफुले मात्र ल्याएजस्तो गरेको आरोप लगाँउदै प्रचण्डजि सच्चिएर आएमा मात्र उपलब्धिहरु राक्षा गर्ने सवालमा एकठाउँमा आउन सकिने बताए ।

विदेस विभाग इन्चार्ज हिसिला यमीले अवको आर्थिक विकास पुराना पार्टीहरुबाट सम्भावना कम भएकोले नयाँ पार्टी गठन गर्नुपरेको बताईन् ।

भारतीय काँग्रेस आइ कर्नाटकका अध्यक्ष राधाकृष्णले भारतको विकासमा नेपालीहरुको महत्त्वपूर्ण भुमिका रहेको बताए ।

अन्तर्राष्ट्रिय नेपाली समाज भरतका संयोजक प्रकाश नेपालीले हिजोबाट अहिलेसम्म डाक्टर बाबुराम भट्टराईकै सिद्धान्तमा देश चलिरहेको बताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार