एमाले र माअाेवादी केन्द्रकाे एकतामा गतिराेध पैदा हुनुकाे गंभीर रहस्य खुलेकाे छ ।

एमाले नेताहरूका अनुसार भारतीय उच्च अधिकारीहरूकाे रहस्यमय गुप्त फाेनपछि प्रचण्डले पार्टी एकतामा सत्तरी र तीस प्रतिशतकाे अनुपातमा गरेकाे सहमतिलार्इ लत्याएर ५० प्रतिशतकाे हैसियत खाेजेका हुन् ।

प्रचण्डकाे याे पछिल्लाे अप्रत्याशित अडानपछि एमाले अध्यक्ष केपी अाेलीलगायत शीर्ष नेताहरू झस्किएका छन् । चरम महत्वकांक्षी प्रचण्डले भविष्यमा अाफ्नाे महत्वकांक्षा एकीकृत पार्टीबाट पूरा नहुने देखे भने ४० प्रतिशतकाे शक्ति बाेकेर पुन विभाजनकाे बाटाे राेक्न ५० प्रतिशतकाे माग खाेजेकाे निष्कर्ष एमाले शीर्ष नेताहरूकाे रहेकाे छ ।

पछिल्लाे समयमा एमालेका नेताहरू अाफ्नाे नीतिमा दृढ रहनु, केपी अाेली र माधव नेपालबीचकाे सम्वन्ध निकट रहनुले पनि प्रचण्ड एकताप्रति उदासिन बन्न थालेका हुन् ।

माअाेवादी केन्द्रकाे उच्च स्राेतका अनुसार केपी माधवकाे अन्तरविराेधमा खेलेर चिरकालसम्म नेकपाकाे प्रमुख नेता र सत्ताकाे हर्ताकर्ता बनिरहने प्रचण्डकाे चतुर खेलमा ब्रेक लाग्ने संकेत देखेपछि प्रचण्ड सानाे भाग लिएर कमजाेर पाेजिसनमा एमालेसँग एकता नगर्ने अडानमा छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार