प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता गर्ने कि नगर्ने भन्नेबारे ठोस निर्णय लिनको लागि आज पार्टीका शीर्ष नेताहरुलाई बालुवाटारमा बोलाएर छलफल गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज साँझ बस्ने भनिएको बैठकमा प्रचण्ड नआउने भएपछि ओलीले पार्टीका प्रभावशाली नेताहरुलाई बोलाएर आन्तरिक छलफल गरेको स्रोतको दाबी छ ।

प्रचण्ड र ओलीबीच पछिल्लो समय राम्रोसँग सम्वाद नै भएको छैन् । प्रचण्डले एकताको लागि ५०/५० को अडान कायम राखेका छन् ।

प्रचण्ड आकस्मिक आफ्ना पार्टीका केही नेताहरु लिएर सिन्धुपाल्चोकको सुकुटे बिच पुगेपछि बैठक अन्यौलमा परेको छ ।

गाउँदेखि केन्द्रसम्म ५०-५० नभए एकता नगर्ने प्रचण्डले सार्वजनिक अभिव्यक्ति दिएसँगै एमाले पछि हच्चिएको छ ।

प्रचण्ड एकताप्रति गम्भीर नबनेको ओली निकटका नेताहरुले बताउन थालेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार