पेरिसडाँडामा जनयुद्ध दिवस मनाएर चितवन हान्निएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पुनः एकपटक प्रधानमन्त्री भएर चितवन आउने बताएका छन् ।

एक विद्यालयको कार्यक्रमलाई सम्बोधन गर्न चितवन पुगेका प्रचण्डले ढिलो वा छिटो आफू प्रधानमन्त्री हुने बताएका हुन् ।

‘म पुनः एकपटक प्रधानमन्त्री भएर चितवन आउँछु,’ उनले भने, ‘कुराकानी भइरहेको छ, प्रधानमन्त्री तत्काल भए पनि अलि ढिलो भए पनि एकपटक प्रधानमन्त्री भएरै आउँछु ।’

‘केही कांग्रेसका साथीहरुले मलाई प्रधानमन्त्री बनेर आउन भन्नुभयो, कुरा टुंगिएको त छैन । तर, म ढिलो चाँडो प्रधानमन्त्री भएर आउँछु ।’

सोमबार एमाले अध्यक्ष केपी ओलीसँग भएको वार्तामा एकीकृत पार्टीको अध्यक्ष र प्रधानमन्त्री दुवै दुई नेताले आलोपालोमा चलाउने सहमति सार्वजनिक भएकै दिन प्रचण्डले यस्तो दावी गरेका हुन् ।

उनले मन्तव्यको क्रममा ओलीभन्दा अगाडि नै आफू प्रधानमन्त्री हुनसक्ने संकेत पनि गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार