नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले जनयुद्धका क्रममा प्रचण्डलाई महामाओ बनाउँदा माओवादी आन्दोलनले ठूलो धक्का खाएको बताएका छन् ।

जनयुद्धका मूल नेतृत्व प्रचण्डलाई स्थापित गर्ने नाममा अधिमुल्यांकन गर्दा प्रचण्डबाट माओवादी आन्दोलनलाई ठूलो घात व्यहोर्नु परेको नेता वैद्यको भनाई थियो ।

आज राजधानीमा नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी माओवादीको संयुक्त आयोजनामा आयोजित २३ औं जनयुद्ध दिवसको अवसरमा क्रान्तिकारी माओवादीका महासचिव वैद्यले चुनबानमा पुगेर माओवादी आन्दोलनले गलत बाटो लिएको धारणा राखे ।

‘हामी केही कमरेडहरु भारतको जेलमा थियौं, यता प्रचण्ड र बाबुरामले चुनबानमा पुगे लोकतान्त्रिक गणतन्त्रको बुर्जुवा कार्यनीति लिनु भयो’, वैद्यले भने- ‘त्यहीबाट प्रचण्डले सिंगो माओवादी आन्दोलनलाई बिसर्जनतिर लैजानु भयो ।’

नयाँ, सिर्जनशीलता र मौलिकताको नाममा प्रचण्ड र बाबुरामले पूरानै पुँजीवादी बाटो समाएको नेता वैद्यको भनाई थियो ।

अर्को छुट्टै प्रसँगमा महासचिव वैद्यले नेपाल कम्युनिस्ट पार्टी र आफुहरुको नेतृत्वमा रहेको पार्टीबीच तत्काल एकता गर्नुपर्ने भनाई राखे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार