नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शनले जनयुद्धका सपना र पुँजीलार्इ समाप्त पारेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्ध दिवस मनाउनु पशुपतिका जाेगीहरूले शिवरात्री मनाउनु जस्तै भएकाे बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी र नेकपा क्रान्तिकारी माओवादीको संयुक्त आयोजनामा काठमाडाैंमा भएकाे २३ जनयुद्ध जनयुद्ध दिवसको अवसरमा नेकपा नेता सुदर्शनले यस्तो बताएका हुन् ।

आफुहरुले सच्चा क्रान्तिकारी कम्युनिस्टहरुसँग मिलेर जनयुद्ध दिवस मनाएको भन्दै नेता सुदर्शनले एमाले र माओवादी केन्द्रको गठबन्धन सामाजिक दलाल पुँजीवादी गठबन्धन भएको बताए ।

एमाले र माअाेवादी केन्द्रकाे गठबन्धन कम्युनिस्ट र वाम गठबन्धन नभएकाे भन्दै नेता सुदर्शनले केपी अाेलीकाे राष्ट्रवाद सुश्माकाे भ्रमणपछि उदाङ्गाे भएकाे दाबी गरे ।

नेपालकाे बाँकी क्रान्तिका पूरा गर्न कार्यदिशामा लामाे बहस र छलफलबाट क्रान्तिकारीहरू एक ठाउँमा मिलेर अगाडि बढ्नु पर्ने नेता सुदर्शनकाे भनार्इ थियाे ।

कार्यक्रममा नेकपा क्रान्तिकारी माअाेवादीका महासचिव माेहन वैद्य किरण, माअाेवादी केन्द्रका विद्राेही नेताहरू लाेकेन्द्र बिष्ट, गाेपाल किराती र विश्वभक्त दुलाल अाहुतीलगायतका नेताहरूले पनि संवाेधन गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार