मुलुकमा क्रान्तिकारी कम्यूनिष्ट पाटीहरुबप्चको ध्रुविकरणको बहस चलिरहेका बेला मोहन वैध्य ‘किरण’को गृहजिल्ला प्यूठानमा नेकपा (क्रान्तिकारी माअोवादी) र विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले संयूक्त रुपमा जनयूद्ध दिवस मनाएका छन्।

कार्यगत एकता र संयूक्त संघर्षका कार्यक्रम वारे यसअघि विभिन्न चरणमा छलफल गरेका दुई पार्टीले २३ अौं जनयूद्घ दिवसको अवसरमा वाग्दुलादेखि विजुवारसम्म र्यालि गरि विजुवार मित्रमणि चोकमा कोणसभा सम्पन्न गरेका हुन्।

र्यालिमा सहभागी हरुले कम्यूनिष्ट पार्टीको झण्डा वोकेर जनयूद्धको स्मरणका नारा लगाएका थिए। एमालेसंग एकता गर्न थालेको नेकपा माअोवादी केन्द्रले भने प्यूठानमा यसपालि जनयूद्ध दिवसको कुनै कार्यक्रम गरेन।

क्रान्ति रोकिएको छैन : सुवास, नेकपा

नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं राप्ती प्यूरो ईन्चार्ज सुवासले मुल नेतृत्वले गद्धा री गरेपनि क्रान्तिको यात्रा नरोकिएको वताए।

कार्यक्रमलाई सम्बोधन गर्दै उनद भने- “क्रान्तिको विजयको सन्निकट समयमा नेतृत्वले हामिलाई धोका दियो। तरपनि हामिले जनयूद्धका सपना, सहिदले देखाएको वाटो र जनताप्रति गरिएको प्रतिवद्धतामा गद्धारी गर्नेछैनौं र क्रान्तिको झण्डा निरन्तर उठाईरहनेछौं!'”

प्यूठानमा पनि ‘विप्लव-वैद्य’ ले मनाए २३ अाैं जनयुद्ध दिवस ।

प्यूठानमा पनि ‘विप्लव-वैद्य’ ले मनाए २३ अाैं जनयुद्ध दिवस ।

वैद्य माअाेवादीका नेता केवी गुरूङ संवाेधन गदै ।

नेकपाका नेता सुवास संवाेधन गदै ।

नाँच प्रस्तुत गदै कलाकार ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार