नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटी र वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको संयुक्त आयोजनामा २३ औ जनयुद्ध दिवस मनाइएको छ ।

राजधानीको राष्टिय सभागहमा भएको कार्यक्रममा  नेकपा र क्रान्तिकारी माओवादीका ठूलो नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा क्रान्तिकारी माओका महासचिव मोहन वैद्य किरण र नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदशनलगायत नेताहरुले संवोधन गरे ।

कार्यक्रममा माओवादी केन्द्रका विद्रोही नेताहरु गोपाल किराती, लोकेन्द्र विस्ट र विश्वभक्त दुलाल आहूतीलगायतका नेताहरुले पनि संवोधन गरेका थिए ।

कार्यक्रममा बोल्दै क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण र नेकपाका स्थायी समिति सदस्य सुदशनले आफुहरुले मात्रै वास्तविक जनयुद्ध दिवस मनाएको र पेरिसडाँडामा दक्षिणपन्थी संशोधनवादीहरुले जनयुद्ध दिवस मनाएको ढोंग गरेको आरोप लगाए ।

कार्यक्रममा दुइ पाटीका ठूलो संख्यामा नेता र कार्यकर्ताहरुको उपस्थिति भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार