नेपाल कम्युनिस्ट पार्टीले जनयुद्ध शुरु भएको दिन अवसर पारेर आज राती मध्यरातमा देशभरिका पाँच दर्जन भन्दा बढी एनसेल टावरमाथि आक्रमगरी ध्वस्त बनाइदिएकाे छ ।

यसै क्रममा नेकपाले राजधानीका ३ स्थानमा रहेकाे एनसेल टावरमा अाक्रमण गरी ध्वस्त बनाइदिएकाे छ । त्यसैगरी कञ्चनपुरको वेदकोट र शुक्लाफाँटा टावर, डँडेल्धुराको काफलीमा रहेको क्षेत्रीय टावर, कैलालीका टीकापुर र जानकीनगर टावर, सुर्खेतका ३ वटा टावर र जाजरकोटमा २ वटा टावरमा आक्रमण भएका छन् ।

यता राेल्पाकाे काेर्चबाङमा रहेकाे एनसेल टावरमा पनि नेकपाले अाक्रमण गरेका छन्। उता डँडेल्धुराको काफली टावरको आक्रमणका कारण डँडेल्धुरामा एनसेल सेवा अवरुद्ध भएको सामाचार छ ।

त्यसैगरी नारायणी ब्युरो अन्तर्गत मकवानपुर जिल्लाको मनहरीस्थित एनसेल टावर र बारा जिल्लाको कलैया उपमहानगरपालिकाको कलैया बाजारस्थित एनसेल टावरमाथि कारबाही भएको समाचारमा जनाएको छ ।

यसैगरी तनहुँकाे एनसेल टावरमामाथि पनि अाक्रमण भएकाे बुझिएकाे छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार