एमाले माअाेवादी केन्द्रकाे एकता अबरूद्ध भएपछि उसकाे भातृ संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीले अाअाफ्नाे   पार्टी कार्यालयमा धर्ना दिने भएका छन् ।

माअाेवादी केन्द्रकाे विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी केन्द्रीय उपाध्यक्ष पंचा सिंहले त कैलालीमा अायाेजित क्रान्तिकारीकाे जिल्ला सम्मेलनमा दुर्इ पार्टीका दुर्इ संगठनका केन्द्रीय अध्यक्षले अनसन बस्न तयार रहेकाे बतार्इन् ।

क्रान्तिकारीको कैलाली जिल्ला समितिलाई प्रशिक्षण दिँदै सिंहले पार्टी एकताबाट भागने छुट दुबै दलका नेतालाई नभएको बताएकी थिइन् । उनले यदि कतैबाट एकता विथोल्ने प्रयास भए त्यसको प्रतिरोधमा उत्रने चेतावनी समेत दिइन् ।

‘एकता नहुने संकेत पाएको खण्डमा क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ एमाले मुख्यालयमा अनसन बस्नुहुनेछ र नविना लामा पेरिसडाँडामा धर्ना बस्नुहुनेछ,’ उनले भनिन् ‘हामीपनि नेताहरुलाई खबरदारी गर्न अनसन बस्न तयार छौं’।

पार्टी नेताहरूभन्दा भातृ संगठनमा देखिएकाे यस्ताे हताराेले दुर्इ पार्टीकाे एकता भए त्याे कस्ताे हाेला भनेर विश्लेषकहरूले विश्लेषण गर्न थालेका छन् ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार