नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुनले संचारमाध्यममा चुनावको क्रममा भएका बम विस्फोटको जिम्मा अाफुले लिएको भन्दै अाएको समाचार भ्रमपूर्ण रहेको बताएका छन् ।

नेता पुनले पार्टीको आधिकारिक कुरा महासचिव विप्लवबाटै आउँने भन्दै अनलाइन खबरसँग सामान्य अनौपचारिक रुपमा मात्रै कुरा भएको बताएका छन् । कुराकानीको क्रममा पार्टीले चुनाव खारेज अभियानको नेतृत्व गरेको र त्यसबारे पार्टीले अाधिकारिक भनाई सार्वजनिक गर्ने बताएको तर अाफ्नो र पार्टीबारे जनतामा भ्रम फैलाउने नियतका साथ समाचार अाएको भन्दै पुनले अापत्ति जनाएका छन् ।

नेता पुनले अनलाइन खबरमा भ्रम पर्ने गरी समाचार लेखिएको भन्दै यसबारे सामाजिक संजालबाट यस्ताे खण्डन गरेका हुन् ।

नेकपाका पीबीएम पुनद्धारा जारी विज्ञेप्ती :

अाज मंसिर २१ गतेकाे अनलाईन खबरमा ‘बमको जिम्मा विप्लव समुहले लियो अाज सांझ देखि नपड्काउने वचन’ शिर्षक काे समाचारसँग मेराे नाम जाेडिएर अाएकाेप्रति मेराे गम्भीर ध्यानाकर्षण भएको छ ।

कथित चुनाव खारेजी अभियान हाम्रो पार्टीको नेतृत्वमा भएको र त्यसको जनस्तरबाट प्रतिरोध भएको कुरा सर्वविदितै छ । तर देशमा भएका बम काण्डकाे जिम्मा हाम्रो पार्टीले लिएको छैन । याे देशमा चुनाव बहिष्कार गर्ने शक्ति हामी बाहेक अरु पनि छन् र स्वयं चुनावमा भाग लिने दलहरूले पनि एक अर्काे प्रति सहानुभूति जगाउने र भाेट प्रभावित पार्ने उद्देश्यले यस्ता अवाञ्छित घटना घटाईएका छन् ।

हामीले चुनाव खारेजी अभियान अन्तरगत भए गरेका कामको जिम्मा पनि मैले ब्यक्तिगत रुपमा लिने विषय हाेइन र लिनै परे पनि पार्टीको निर्णयमा पार्टी महासचिव वा प्रवक्ताले लिने हाे । हाम्राे चुनाव खारेजी अभियान अाज देखि बम नपड्काउने गरि स्थगित भएको भन्ने भनाइ पनि गलत हाे । स्वाभाविक रुपमा हाम्रो खारेजी अभियान चुनावी प्रक्रियासँग जाेडिएकाे छ तर त्याे पनि अाधिकारिक रुपमा महासचिव वा प्रवक्ताले बाेल्नु पर्छ ।

त्यसकारण अनलाइन खबरमा अाएकाे बमकाे जिम्मा लिएको भन्ने भनाइ सत्य नभएकोले यसकाे जाेडदाररुपले खण्डन गर्दछु ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार