दोस्रो चरणको निर्वाचनअन्तर्गत मतदान चलिरहँदा देशैभरि शक्तिशाली बम विस्फोट भइरहेका छन् ।

यसैक्रममा मकवानपुर, धनकुटालगायत देशैभरिक मतदान केन्द्रवरिपरि शक्तिशाली बम विस्फोट भएका छन् । जसले त्यहाँको मतदान प्रक्रिया प्रभावित बन्न पुगेका छन् ।

यसै क्रममा मकवानपुरकाे मनहरी गापा २, त्रिरत्न मतदान केन्द्र, हाँडीखोलामा बिहान ७ः३० बजे २ वटा शक्तिशाली विस्फोट भएको छ । यता हेटौंडा मनपा ८, कमानेस्थित चन्द्रोदय उमाविमा बम विस्फोट हुँदा मतदाताको भागाभाग भएको थियो ।

त्यसैगरी हेटौंडा मनपा ७, बालज्योती उच्च माविमा विहान १०ः३० मा बम विष्फोट भएपछि मतदाताको न्यून उपस्थिति रहेको छ । सुरक्षाकर्मीहरु अहिले मतदाता डाक्न घरघर चहारिरहेको स्थानीयले बताएका छन् ।

हेटौंडा मनपा १५, चुरियामाई मतदान केन्द्रमा विहान ९ः१५ मा शक्तिशाली बम विष्फोट भएको छ । सुरक्षा व्यवस्था कडा पारिएको सरकारी दाबिबीच हेटौंडामा लगातार बम विस्फाेट भर्इरहेका छन् ।

उता धनकुटाको थलथले मतदान केन्द्रमा लगातार ७ वटा बम विस्फोट भएका छन् । जिल्लाको खाल्सा छिन्ताङ्ग सहिदभूमि गापा आँखिसल्लामा पर्ने थलथले मतदान केन्द्रमा मतदान सुरु भएको ३ घण्टापछि लगातार ७ वटा शक्तिशाली बम बिस्फोट भएको स्थानीयवासीले बताएका छन् ।

विस्फोटपछि सुरक्षाकर्मी र मतदाताको भागाभाग भएको छ । उक्त क्षेत्र तनावग्रस्त बनेको छ । अहिले त्यस क्षेत्रमा नेपाली सेनाले हवाईगस्ती गरिरहेको छ

अाजै दाङलगायत देशका कयाैं स्थानमा बम विस्फाेट हुँदा मतदान प्रकिया नराम्राेगरी प्रभावित बनेकाे दाङस्थित पत्रकार जानकी दहितले बताएकी छिन् ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार