दोस्रो चरणको निर्वाचनमा मतदान शुरु भएसँगै काठमाडौलगायत देशैभरि शक्तिशाली बम विस्फोट भएका छन् ।

मतदान शुरु हुनु अघि र पछि काठमाडौंलगायत देशैभरि कतै बम विस्फोट भएका छन् त कतै बम फेला परेका छन् ।काठमाडौंको नैकापस्थित मतदान केन्द्रमा शक्तिशाली बम विस्फोट हुँदा मतदाताहरु भागाभाग भएको थियो ।

मतदान शुरु हुनअघि रुपन्देहीका विभिन्न एक दर्जन स्थानमा आज राति शक्तिशाली बम विस्फोट भएका थिए ।उता अछाममा एमाले नेता भीम रावलले मतदान गर्ने केन्द्रमा बम भेटिएपछि मतदान प्रक्रिया केही समयसम्म अवरुद्ध भएको थियो ।

उता कंचनपुरको बदकोट नगरपालिका २ मा रहेको मतदान केन्द्रमा पनि बम फेलापछि मतदान प्रक्रिया अवरुद्ध भएको छ ।

यसरी देशैभरि मतदान शुरु हुनु अघि र पछि घटेका यस्ता घटनाले निर्वाचनलाई निकै ठूलो प्रभाव पारेको विश्लेषण गरिएको छ ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार