निर्वाचनको पूर्वसन्ध्यामा नेपाली सेनाले प्युठानमा गोली चलाएको छ ।

झण्डै २ लाख सेना र प्रहरीको घेरामा शुरु भएको मतदानले कस्तो परिणाम लेला भन्ने आम मान्छेमा थुप्रै आशंका र प्रश्नहरु त छन् नै त्योभन्दा पूर्वसन्ध्यामा नेपाली सेनाले चलाएको गोलीले चुनाव बन्दुकको मोहरीभित्र गरिदैछ भन्ने प्रष्ट भएको छ ।

नेपाली सेनाले गएराति प्यूठानको मर्कबानमा गोली चलाउँदा त्यहाँको जनजीवन निकै आतंकित बनेको पत्रकार तुफान अधिकारीले जानकारी दिएका छन् ।

सेनाले कहाँ र किन गोली चलायो भन्ने प्रष्ट नभएपनि राति १० बजेतिर गोली चलाउँदा मर्कवानका स्थानीयहरु निकै आतंकित बनेको पत्रकार अधिकारीले सामाजिक संजालबाट जानकारी दिएका छन् ।

कुनै दोहोरो आक्रमण नभएपनि सेनाले एकतर्फी आक्रमण गरेको स्थानीयहरुको भनाई छ ।

 

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार