नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य ओम प्रकाश पुनले केही अनलाइनखबरले पार्टी महासचिव नेत्र विक्रम चन्द विप्लव भारततिर भागेको भन्ने समाचारलाई खण्डन गरेका छन् ।

आज पुनले सामाजिक संजालबाट आफ्नो पार्टीका महासचिव विप्लव सो पत्रिकाले भनेजस्तो नेपाल छोडेर भारत गएको भन्ने समाचार शतप्रशित झुठो र आधारहिन भएको बताएका छन् ।

आफ्नो पार्टीका महासचिव विप्लव जनताको बीच र जनताकै साथमा रहेको भन्दै नेता पुनले पुलिसको आधारहिन स्रोतलाई समाचार बनाएर जनतामा भ्रम नछर्न आग्रह समेत गरेका छन् ।

नेकपा नेता पुनकाे सामाजिक संजाल फेसबुकबाट जारी नाेटिस –

यही मंसिर २० गते सेताेपाटी अनलाइनले ‘विप्लव भारततिर भागे, छ सय कार्यकर्ता गिरफ्तार’ भन्ने शीर्षकमा लेखेको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो पार्टी घाेषित रुपमा कथित संसदीय चुनावकाे खारेजी अभियानमा क्रियाशील रहेको र त्यसको प्रत्यक्ष नेतृत्व हाम्रो पार्टीका महासचिव कमरेड विप्लवले गरिरहनु भएको कुरा सबैलाई अवगत नै छ ।

देशमा घटेका विशिष्ट राजनीतिक घटनाक्रमका विषयमा उहाँले पटक पटक प्रतिक्रिया दिईरहेकाे कुरा पनि सबैमा विदितै छ तर प्रहरीको सूचनालाई हवाला दिएर सेताेपाटी अनलाइनले जनताका नेता र जनतामा नै रहेको कुरालाई बङ्ग्याएर अाम जनता र कार्यकर्तामा भ्रम छर्ने उद्देश्यले महासचिव विप्लव भारततिर भागेकाे झुठो समाचार सम्प्रेषण गर्नु निन्दनीय छ । सके संचार जगतले देश र जनताको हितमा ज्यानको प्रवाह नगरी दलाल सत्ताका बिरुद्ध लडेको शक्तिका विषयमा सकारात्मक विचार संप्रेषण गर्नु पर्छ, त्याे नसके विरुद्धमा जानु हुँदैनथ्याे तर सेताेपाटीले हाम्रो पार्टीको मुल नेतृत्वका विरुद्ध कालाे समाचार लेखेकोमा हामी खेद प्रकट गर्दछौं र सत्य समाचार लेख्न अाग्रह गर्दछौं ।

हाम्रा गिरफ्तार साथीहरू ६ सय हैन तीन हजारकाे हाराहारीमा पुगेका छन् र दलाल सत्ताका विरुद्ध चाहे हिरासत र जेलबाट हाेस् चाहे जनताको बिचबाट हाेस् नेतादेखि कार्यकर्ता र जनता एक भएर लडेका छन् । यसमा कसैप्रति भ्रम नअाेस् । दलाल सत्ताकाे कथित चुनाव असफल भैसकेको छ भने महासचिव कमरेड विप्लवकाे नेतृत्वमा वैज्ञानिक समाजवाद स्थापनाकाे निम्ति एकीकृत जनक्रान्ति निरन्तर अघि बढेको छ । हामी हाम्रै भूमिमा हाम्रै जनताको साथमा छाै, सबैलाई चेतना हाेस ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार