केही दिन मात्र दाेस्राे चरणकाे निर्वाचन अाउन बाँकी रहँदा सुर्खेतमा नेपाल कम्युनिस्ट पार्टीले मतपेटिका नै कब्जा गरेकाे छ ।

सुर्खेतको बराहक्षेत्र गापा ३  भेरीचङ्गा मावि मतदान केन्द्रका सबै मतपेटिका, मतपत्र र कर्मचारीलाई नेकपाका कार्यकर्ताले कब्जामा लिएर अज्ञात स्थलतिर लगेका छन् ।

स्थानीयहरूले दिएकाे जानकारीअनुसार गए राती १० बजेतिर सेन्ट्रीलाई नियन्त्रणमा लिएर प्रहरी बसेको कोठामा बाहिरबाट साङ्लोले बन्द गरिदिएपछि मतपेटिका, मतपत्र, चिन्ह लगाउने मसीलगायत बाँकी सबै चुनावी सामग्री र कर्मचारी नेकपाले कब्जा गरेको हो ।

मतपेटिका नै नेकपाकाे नियन्त्रणमा अाएपछि चुनाव हुने कि नहुने भन्नेमा अाशंका बढेकाे त्यहाँ खट्ने कर्मचारीहरूले बताएका छन् ।

 

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार