अाफ्नाे छाेराकाे उपचारका क्रममा रहेका राष्ट्रिय युवा जनस्वयमसेवकका संयाेजक बाबुराम राई ‘विवश’लाई प्रहरीले गिरफ्तार गरेको छ ।

मंगलबार राति इटहरीबाट नेपाल कम्युनिस्ट पार्टीको युवा संगठनका संयाेजक अध्यक्ष राईलाई राति १० बजे गिरफ्तार गरेको नेकपाले जनाएको छ ।

मानवीय संवेदनशीलतालार्इ समेत ख्याल नगरेर रार्इलार्इ गिरफ्तार गरेकाे भन्दै नेकपाले रार्इकाे गिरफ्तारीकाे तीव्र रूपमा भर्त्सना गरेकाे छ ।

निर्वाचनका क्रममा नेपाल सरकारले नेपाल कम्युनिस्ट पार्टीका करिब एक हजार नेता कार्यकर्तालार्इ गिरफ्तार गरेकाे छ ।

गिरफ्तार नेता कार्यकर्तालार्इ प्रहरीले मानसिक र भाैतिक यातना दिइरहेकाे भन्दै नेकपाका पाेलिटव्युराे सदस्य अाेम प्रकाश पुनले पत्रकार, मानवअधिकारवादीहरूलार्इ गिरफ्तार अाफ्ना नेता कार्यकर्ताहरूकाे अवस्था बुझ्न अनुराेध छन् ।

स्वतन्त्र मानवअधिकारवादी भन्नेहरूले समेत गिरफ्तारहरूकाे अवस्थाबारे बुझ्न कुनै चासे नदिएकाे भन्दै प्रहरी हिरासतमा रहेका नेकपाका नेता कार्यकर्ताहरूले चिन्ता र अाक्राेश व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार