नेपाल कम्युनिस्ट पार्टीमा आस्था राखेकै भरमा पत्रकारहरुलाई गिरफ्तार गरेको भन्दै उनीहरुलाई अविलम्ब रिहा गर्न नेपाल पत्रकार महासंघले आग्रह गरेको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा गएको डेलिकेशन टोलीले प्रधानमन्त्री देउवालाई बुधबार साँझ प्रम निवास बालुवाटारमा भेटी सो माग गरेको हो । अध्यक्ष आचार्यले ती आठैजना पत्रकार महासंघका सदस्य भएकाले आफुहरुले जिम्मा लिने र तत्काल रिहाका लागि निर्देशन दिन माग गरेका थिए ।

टोलीमा उपाध्यक्षद्धय विपुल पोख्रेल, दिलिप थापामगर, सचिवद्धय राम प्रसाद दाहाल, सदस्यहरु जन्मदेव जैसी, यम बिरही, लेखनाथ न्यौपाने, टिका प्रधानलगायतको उपस्थिति थियो ।

जवाफमा प्रमले तत्काल बुझेर रिहाका लागि निर्देशन दिने बताएका थिए । ‘को को हुन् नाम दिनुहोला म बुझेर पहल गर्छु’ प्रम देउवाले भनेका थिए ।

 

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार