अधिकारकर्मी सरला रेग्मीलाई प्रहरीले मंगलबार काठमाडौबाट गिरफ्तार गरेको छ ।

रेग्मी मानवअधिकर्मीका रुपमा कार्यरत छिन् । उनी नेपाल कम्युनिस्ट पार्टीको कुनै पनि निकायमा नरहेको पारिवारले बताएको छ ।

मोहन वैद्य नेतृत्वको माओवादीहुँद विप्लव नेतृत्वको माओवादीसम्म आउँदा केन्द्रीय सदस्य रहेकी रेग्मी त्यसपछि पार्टीमा राजिनामा दिएर बसेकी थिइन ।

मधुमेह, सुगरलगायत थुप्रै रोगले ग्रस्त रेग्मीलाई नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य भन्दै प्रहरीले गिरफ्तार गरेको छ ।

उनको गिरफ्तारीपछि प्रहरी प्रशासनको अध्ययन र अनुसन्धान कतिसम्म कमजोर धरातल छ भन्ने पुष्टी भएको छ ।

यसैबीच मंगलबारै तामाङ राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष मानिक लामालाई पनि प्रहरीले काठमाडौंबाट गिरफ्तार गरेको छ । उनलाई पनि नेकपाको केन्द्रीय सदस्य भनेर गिरफ्तार गरिएको छ ।

आफ्नै निवासमा आराम गरिरहेका लामालाई नयाँ बानेश्वरस्थित आफ्नै निवासबाट प्रहरीले गिरफ्तार गरेको हो ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार