चुनावी प्रचारमा हिडेकाे नेपाली कांग्रेसकाे गाडीमा अाज मंगलबार सिन्धुपाल्चाेकमा शक्तिशाली प्रेसर कुकर बम प्रहार गरिएकाे छ ।

अाज बिहान करिब ११ बजे सिन्धुपाल्चोक अरनिको राजमार्ग स्थित बाह्रबिसे तातोपानी सडक बसेरी भन्ने ठाउमा नेपाली कांग्रेसका सिन्धुपाल्चोक १ नम्बर क्षेत्र १ नम्बर प्रदेश उम्मेदवार विष्णु खत्रीमाथि प्रेसर कुकुर बम आक्रमण भएको हाे ।

बिस्फाेटपछि क्षति के कति भयाे भन्नेबारे थप विवरण आउँन बाँकी छ ।

निर्वाचन नजिकिदै गर्दा देशैभरि चुनावका विरूद्ध बम विस्फाेटका घटनाहरू दिनहुँ भइरहेका छन् ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार