माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले आफ्नो छोरी रेणु दाहाललाई चितवन महानगरबाट जिताउन करोडौं रकम खर्च गरेको उच्च स्रोतले बताएको छ ।

भरतपुर महानगरपालिकामा छोरी रेणुलाई जिताउन प्रचण्डले कांग्रेसको उम्मेदवारी फिर्ता लिन लगाए । त्यसो गरेबाफत प्रचण्डले करोडौं रकम खर्च गर्न तयार भएका हुन् ।

रेणु दाहाललाई जिताउन कांग्रेसको उम्मेदवार फिर्ता गराउदा कांग्रेसका उम्मेदवार र कयौं नेताहरु असन्तुष्ट देखिएपछि प्रचण्डले २० करोड खर्च तयार भएका हुन् ।

चितवन कांग्रेस सभापति जित नारायण श्रेष्ठलाई प्रचण्डले तत्काल डेड करोड बुझाएका छन् । अरु कयौं कांग्रेसका असन्तुष्ट नेताहरुलाई ठेगान लगाउन प्रचण्डले करोडौं खर्च गर्न तयार भएको कांग्रेसभित्रकै नेताहरुले बताउने गरेका छन् ।

स्थानीय निर्वाचनलाई जीवनमरणको संघर्ष बनाएको माओवादी केन्द्र र यसका अध्यक्ष प्रचण्डले संसदीय व्यवस्थालाई मजबुत बनाउन विदेशी शक्ति केन्द्रसँग झण्डै अर्बको रकम भित्राएको उच्च स्रोतको दाबी छ ।

दोस्रो संविधान सभा निर्वाचनमा खर्च पनि प्रचण्डले पश्चिमा शक्तिहरुबाट करोडौं  रकम लिएका थिए । यो बीचमा संविधान संशोधनका लागि पश्चिमाहरुको चाहनामा संशोधन हुँदा पश्चिमाहरुले अबौं रकम नेपालमा खर्च गरेका थिए ।

अहिले प्रचण्डले त्यही विदेशी शक्ति केन्द्रबाट आएको रकम बाँड्ने गरेको उच्च स्रोतको भनाई छ ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार