नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदमा रहेका संसदवादीहरु जनहित विपरित संसदीय निर्वाचन गर्छन् भने आफुहरूले पनि जनताको पक्षमा हुने जनसत्ताको चुनाव गर्ने बताएका छन् ।

रोल्पाको थबाङमा पार्टीको सम्पन्न आठौं महाधिवेशनको निर्णय सार्वजनिक गर्न राजधानीको जमल नाचघरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव विप्लवले यस्तो बताएका हुन् ।

वर्तमान सरकारका प्रधानमन्त्री प्रचण्डले चुनाव विथोल्ने शक्तिहरुलाई तह लगाउने दिएको धम्कीलाई ठाडैं अस्वीकार गर्दै महासचिव विप्लवले प्रचण्ड प्रतिक्रियावादी क्याम्पमा पुगेर जनताको आन्दोलनलाई कुल्चने धम्की दिनु अनौठो भएको बताए ।

महासचिव विप्लवले जनताको शक्तिलाई कुल्चनेहरु आफै भष्म हुने बताए ।

‘जनताको आन्दोलन र शक्तिलाई कुल्चन्छु भन्नेहरु आफैं इतिहासमा भष्म भएका छन् ।’ विप्लवले प्रचण्डको धम्कीलाई ठाडैं चुनौती दिदै भने- ‘यदि प्रचण्डले पनि शाहीकालीन मनस्थिति र निरंकुश कदम चाले उनको भविष्य पनि  भष्म भएर जानेछ ।’

दश वर्षे जनयुद्धको बलमा पत्तासाप भएको संसदीय व्यवस्थालाई प्रचण्डले बचाउन निर्वाचनको नौंटकी गरेको महासचिव विप्लवको भनाई थियो ।

‘हिजो प्रचण्डजी यही संसदीय व्यवस्थाका विरुद्ध लड्नु भएको थियो, आज उही व्यवस्थालाई मजबुत पार्न कस्सिनु भएको छ ।’ विप्लवले भने- ‘अब मरेको लाश फर्कने संभावना छैन, प्रचण्डले बुझे हुन्छ ।’

आफुहरु निर्वाचनको विरोधी नभएको भन्दै महासचिव विप्लवले संसदवादीहरु पूरानो संसदीय निर्वाचन गर्छन भने आफुहरुले जनसत्ताको चुनाव गर्ने बताए ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार