विस्तारवादी भारतले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सेना उतारेको पुष्टि भएको छ ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विमानसँगै भारतीय सेना इनफ्लाईट सेक्युरिटीको नाममा काठमाडौंमा उतार्ने गरेको खुलेको छ ।

यसअघि नयाँदिल्लीमा सम्पन्न भएको द्धिपक्षिय वार्तामा दिल्लीको तर्फबाट नेपालको विमानस्थलमा भारतीय सेना आउने गरेको स्वीकार गर्दै काठमाडौंमा पार्किङ गरिबस्ने जहाजभित्र भारतीय सेना रातैभरि बस्ने गरेको पुष्टि भएको छ । भारतीय पक्षले वार्तामा काठमाडौंस्थित भारतीय सेनालाई एक रात होटलमा बास मागेको भन्दै यसअघि चर्चा भएको थियो ।

काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बास बस्ने भारतीय जहाजभित्र सेना हुनसक्ने आशंका सहितको समाचार सबैभन्दा पहिले जनपाटी अनलाइनले एक साप्ताहिक पत्रिकाबाट साभार गरेर प्रकाशित गरेको थियो । उक्त समाचार प्रकाशित भएसँगै राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा काठमाडौंमा बास बस्ने जहाजबारे चासो उत्पन्न भएको थियो ।

काठमाडौंमा बास बस्ने जहाजभित्र हाल भारतीय सेना रहेको भारतीय पक्षले स्वीकार गरेको कागजात नै फेला परेपछि प्रधानमन्त्री प्रचण्डमाथि राष्ट्रघात गरेको गम्भिर आरोप लागेको छ । नेकपा माओवादीका महासचिव नेत्र बिक्रम चन्द बिप्लवले मंगलबार एक बिज्ञप्ति प्रकाशित गरेर प्रधानमन्त्री प्रचण्डले एयरमार्शल राख्न दिएर भारतले राष्ट्रघात गरेको आरोप लगाउँदै वार्तामा सहभागी सह–सचिवलाई सत्यतथ्य बाहिर ल्याउन भनेका थिए ।

त्यसको भोलिपल्ट दिल्लीमा भएको हस्ताक्षर सहितको कागजात बाहिर आएको छ ।कागजातमा भारतीय जहाजमा सेना चढेर आउने गरेको, सो मध्ये जेट एयरवेजलाई काठमाडौंमा राती बास बस्नु परेकोले सो समस्या हल गर्नको लागि भारतीय सेनालाई एक रात बास बस्न अनुमति माग गरिएको थियो ।

हतियारसहितको भारतीय सेनाले बास मागेपछि संसददेखि सबैतिर चर्को आलोचना भइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार