भारतबाट आउने जहाज काठमाडौंमा रोकिनु परे त्यहाँ रहने एयर मार्सललाई बासको व्यवस्था गरिदिन भारतले आग्रह गरेको खुलासा भएको छ ।

भारतले हालै दुई देशका पर्यटन तथा नागरिक उड्ययनका उच्च अधिकारीहरुको बैठकमा यस्तो आग्रह गरेको हो ।

हवाई ट्राफिक तथा नयाँ रुटबारे पुस ५ गते नयाँ दिल्लीमा भएको बैठकमा भारतीय टोली नेता अरुण कुमारले काठमाडौंका लागी उड्ने जेट एयरवेजमा आउने ‘इन–फलाइट सेकुरीटी अफिसर’ (एयर मार्सल) लाई यदि रात्री विश्राम गर्नुपरे काठमाडौंका होटलमा बस्न कठिनाई हुने गरेको बताएको उक्त वार्तामा सहभागी एक अधिकारीले बताए ।

यस विषयलाई लिएर बिहीबार संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले सहसचिव सुरेश आचार्यलाई सोधेका थिए ।

बैठकमा सहसचिव आचार्यले आफ्नो नेतृत्वमा भारत गएको ८ सदस्यीय नेपाली अधिकारीको टोलीले वार्ताको एजेन्डामै नरहेको विषयलाई ‘काउन्टर एजेन्डा’ का रुपमा भारतीय अधिकारीले राखेपछि चकित परेको अनुभव सुनाए ।

नागरिक उड्डयन प्राधिकरणका अधिकारीले हवाई मार्सलबारे पहिलोपटक नेपाली अधिकारीले लिखित सम्झौता गरेकोमा आश्चार्य व्यक्त गरेको छ । ‘नेपाली अधिकारीलाई हवाई मार्ग लगायतका विषयमा छलफल गर्ने मात्रै म्यान्डेट थियो, सूचीमै नभएको विषयमा लिखित सहमति देखेर चकित परेका छौं,’ प्राधिकरणका एक उपमहानिर्देशकले भने । यो सम्झौताले भारतीय विमानमा एयर मार्सल आउने गरेको पुष्टि गरेको ती अधिकारीले बताए  ।

गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले ०७३ असोजयता कुनै पनि एयरलाइन्सले बास माग्ने वा अन्य सुविधाका लागि आवेदन नदिएको बताए ।

 

 

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार