सन् २०१७ को विश्व २०१६ भन्दा डरलाग्दो र खतरनाक हुने एक अध्ययनले देखाएको छ ।

राजनीतिक, आर्थिक, सामारिक र हेरक दृष्टिले सन् २०१७ अघिल्लो वर्षभन्दा जटिल र भयावह हुने भएको छ ।

विश्वको चर्चित सीएनएन टेलिभिजन र त्यसको अनलाइन संस्करणले हालै गरेको एक रिपार्टले सन् २०१७ को विश्व डरलाग्दो भीरतिर गएको देखाएको छ । सो रिपोर्टअनुसार विश्वको कमजोर आर्थिक बृद्धि, बढ्दो असमानता, बिग्रिएको मौसम, गलत डाटा, अव्यवस्थित राजनीति र पेचिलो माइग्रेसनका कारण सन् २०१७ को वर्ष निकै समस्याग्रस्त हुने बताइएको छ ।

यही विषयमा अबको केही दिनभित्र स्वीजरल्याण्डको डाभोसमा विश्व आर्थिक फोरमको सेमिनार हुनेछ । प्रत्येक वर्षको जनवरीमा यस्तो सेमिनार हुने गर्छ ।

अहिलेको विश्वमा अमेरिकामा टम्पको उदयले चीनसँग बल्झिने द्धन्द्ध, कोरियाली प्रायद्धीप, साउथ चाइन सी, मध्यपूर्वको समस्यतालगायत इस्युमा विश्व झन् धु्रवीकृत हुने देखिएको छ ।

यही राजनीतिक द्धन्द्धले आर्थिक र सामारिक द्धन्द्ध पनि बल्झिने विश्लेषण गर्न थालिएको छ ।

अमेरिकाले विश्वका देखा परिरहेको समस्यालाई हल गर्न नसक्ने सीएनएनले विश्लेषण गरेको छ । आन्तरिक जटिल राजनीतिबाट अगाडि बढेको अमेरिका टम्पजस्तो नेतृत्वले केही पनि नगर्ने सोही रिपोर्टमा देखाइएको छ ।

अमेरिकाले विश्वलाई हाक्न नसक्ने भएपछि चीनको काँधमा अवसर र खतरा दुबै आएको तर यी दुई विकल्पमध्ये अघिल्लो विकल्पलाई सही ढंगले नेतृत्व गर्न सके चीन विश्वको आशालाग्दो शक्ति हुने सीएनएनले बताएको छ ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार