काठमाडौं, २७ पुस । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई हटाउने निर्णय गरेको छ । र, उनको ठाउँमा कांग्रेस निकट राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेललाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले दुईपटक सोधिएको स्पष्टिकरणमा चित्तबुझ्दो जवाफ नआएको भन्दै ज्ञवालीलाई बर्खास्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।

केपी शर्मा ओली नेतृत्वको सरकारले सीईओ नियुक्त गरेका ज्ञवालीलाई सत्तारुढ कांग्रेसको चर्काे दबाबमा स्पष्टिकरणको बहाना बनाई प्रचण्डले हटाएको स्रोतको भनाई छ ।

ज्ञवालीलाई हटाउने उद्देश्यका साथ प्रधानमन्त्री प्रचण्डले दुई पटक स्पष्टिकरण सोधेका थिए ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार