उप प्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सुन तस्करीमा आफुलाई मुछेको समाचारलाई खण्डन गरेका छन् ।

मंगलबार प्रकाशित एमाले निकट साप्ताहिक दृष्टि साप्ताहिकले अाफुलार्इ कपोल्कल्पित र निराधार समाचार प्रकाशित गरेको महराले बताएका छन् ।

अर्थमन्त्री महराका नीजि सचिव एवं आफ्नै छोरा राहुल महराले सामाजिक संजालबाट सो समाचारको खण्डल गरेका हुन् ।

‘आज एउटा साप्ताहिक पत्रिकामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुन बराममद भएको घटनामा माननीय उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको नाम जोडेर भ्रमपूर्ण समाचार प्रकाशन गरेको देखियो ।’ राहुल महराले भनेका छन्- ‘उक्त घटनाका सम्वन्धमा स्वयं माननीय उपप्रधानमन्त्री ज्युबाट मन्त्रालयका सचिव तथा सम्वन्धित निकायलाई बोलाएर घटनाको बारेमा गंभीर ढंगले छानबिन गरी दोषीलाई कार्वाही गर्ने निर्देशन दिइ सक्नु भएको छ ।’

दृष्टि साप्ताहिकमा छापिएको समाचारमा अर्थमन्त्रीलाई अनावयश्यक मुछेको भन्दै राहुल महराले उक्त समाचारको भ्रममा नपर्न अनुरोध गरेका छन् ।

‘नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्युरो र भन्सार विभागले अनुसन्धान गरिरहेको अवस्थामा माननीय मन्त्रीज्युको नाम मुछेर अनावश्यक र भ्रमपूर्ण समाचार प्रकाशन गरेकोले उक्त समाचारको भ्रममा नपर्न सबैमा अनुरोध छ ।’ राहुलले भनेका छन्- ‘साथै दिनमा सत्यतथ्यको आधारमा मात्र समाचार प्रकाशन गर्न आग्रह गरिन्छ ।’

यसैबीच अर्थमन्त्री महराको नीजि सचिवालयले पनि एक विज्ञेप्ती प्रकाशित गरेर सो समाचारको खण्डन गरेको छ ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार