हालै माओवादी केन्द्रको पोलिटब्युरो बैठकले ४ हजार केन्द्रीय आयोजक समिति बनाएपछि पोलिटब्युरो सदस्य एवं युवा नेता हेमराज भण्डारीले यो संगठनको आकारले अन्ततः माओवादी केन्द्र विघटनतिर जाने बताएका थिए ।

उनको आशय ४ हजार केन्द्रीय समिति बनाउन आवश्यक थिएन भन्ने थियो । तर प्रचण्डले आफुखुशी भद्धा संरचना बनाएपछि माओवादी केन्द्र झन् भाँडभैलोतिर गएको छ ।

shkti-333

माओवादी केन्द्र विघटनतिर गइरहेको बेला प्रचण्डलाई अर्को झट्का परेको छ । त्यो हो, उनको क्याम्पमा रहेका बलियो पिलर शक्ति बस्नेतले प्रचण्डको साथ छाडेपछि उनी अर्को संकटमा परेका छन् ।

शक्ति बस्नेतले एमालेसँगको गठबन्धन छाडेर कांग्रेससँग मिलेर सरकार बनाउनु बेठीक भन्दै प्रचण्डसँग विमति राख्ने गरेको र अहिले त्यही कारण उनले प्रचण्ड क्याम्प छोडेर बीचमा बसेको पेरिसडाँडा स्रोतको भनाई छ ।

माओवादी केन्द्रको स्रोतका अनुसार अब शक्ति बस्नेत नारायणकाजी श्रेष्ठ या रामबहादुर थापा बादलको कुन क्याम्पमा जान्छन्, त्यो भने केही समय हेर्नु पर्ने भएको छ ।

हुन त माओवादी केन्द्रमा गुट र उपगुटको संख्या दर्जनौ चिराहरु छन् । सबै गुट र उपगुटहरुको स्वार्थ कसरी शक्ति र सुविधा हासिल गर्ने भन्नेमा रहेको माओवादी केन्द्रकै नेताहरु बताउने गर्छन् ।

विश्लेषकहरु भन्छन्, माओवादी केन्द्र विचारबाट विचलन हुँदाको परिणाम विघटनतिर गइरहेको छ । यो विघटनलाई कसैले पनि रोक्न सक्ने देखिदैन ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार