प्रचण्डलाई लामो समय गाली गरेर उही प्रचण्डको माओवादीमा गएका मातृका यादवले हिजो आज माओवादी केन्द्र कांग्रेस र एमालेभन्दा पनि बिग्रेको बताएका छन् ।

Matrika Yadav, the central coordinator of CPN (Maoist), speaking at a press conference organised by the Madhesi Journalists Society Saptari chapter on Sunday, January 3, 2016. Photo: THT Online

यादवले माओवादी केन्द्रले नाममा मात्र माक्र्सवाद भन्ने गरेको तर व्यवहारमा पूरै पद र पैसा कमाउनका लागि केन्द्रीत गरेको पीडा पोखेका छन् ।

केही दिनअघि राजधानीबाट निस्कने एक साप्ताहिकमा उनले माओवादी केन्द्र बिग्रिएर कामै नलाग्ने भएको समेत बताएका छन् ।

यादवले आफुहरुसँग एकता गर्दा प्रचण्डले १३ बुँदे समझदारी गरेको तर कुनै पनि बुँदाहरु लागू नगरेको भन्दै प्रचण्डप्रति तीव्र असन्तुष्टी व्यक्त गरेका छन् ।

‘माओवादी केन्द्र थुप्रै गैरमाक्र्सवादी प्रवृतिबाट ग्रसित छ । नीतिगत रुपमा नभए पनि हामी जनताप्रति समर्पित हुने पूरानो बचनबाट डाइभर्ट भएका छौं ।’ यादवको आक्रोश छ– ‘कांग्रेस, एमाले र पूर्वपंचहरुको पार्टीभन्दा पनि सिद्धिसकेका छौं भन्ने अनुभूति भइरहेको छ ।’

संविधान संशोधनको विषयमा आफ्नै पार्टीका कार्यकर्ताहरु विपक्षीमा देखा पर्नु आफु अचम्म भएको यादवको भनाई छ ।

प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार